News Portal

कुवेत एनआरएनएमा बेथिति श्रमिक नीति , भोटको खेती

राज मल्ल
६४४ पटक

कुवेत  समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने भने  त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर लैजानु हाे ।

एनआरएनए नयाँ नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको सस्था उपनाम पाएको नेपाल बाहिरका नेपालीहरुको साझा थलोले बिश्वका प्रायःजसो देशहरुमा हागा फिजाएको छ जहाँ नेपाली पुगेकाछन । त्यहि हागा मध्येको एनआरएनए एनसीसी कुवेत यहि महिना भित्रमा आगामी कार्यकालको तयारीी गर्दैछ । नेतृत्व गर्न चाहानेहरु समाजमा जुर्मुराउन थालेकाछन । समाजमा गरेको योगदानको कदरको मुल्यांकन हुनुपर्ने माग सहित कोहि छन भने , योगदान दिन म पनि तयार छु भन्नेहरु पनि छन। गुटबन्दी बुज्न नसकिने गरि बनेका छन ।

बिर्सन लायक इतिहास रहेको एनसिसि कुवेतको वर्तमानमा कार्यसमितिको गतिविधिले भने केही अनुकरणीय कार्य सम्पादन गरेर सबैको मस्तिष्कमा अटाउन  सफल भयो । कोभिड -१९ को महामारीको जटिल परिस्थितिमा पनि कुवेतमा गैरकानुनी बन्न पुगेका नेपालीहरुको उद्दार सक्दो राहत वितरण , समस्यामा परेकाहरुलाई सहजिकरण केहि महिना पहिला र नेपालको लागि अक्सिजन सहयोग अभियान सम्पन्न भयो।

१० दिनमा १६ लाख ३१ हजार सहयोग संकलन कुवेतवासी सम्पूर्ण नेपालीहरुको अतुलनीय योगदान रहेको छ भने अभियानलाई पारदर्शी रुपमा सार्थक बनाउनुमा एनसीसी कुवेतकाे  समाजलाई पर्दा एक ढिक्का बनाउन सक्नु नै नेतृत्वको सबल पक्ष हो । सायद साझा सहमतिमा बनेको कार्यसमिति भएको कारण सम्भव भएको हामी मान्न सक्छौ ।

नेपाली समाज कुवेतले के चाहान्छ र कस्तोलाई सहयोग गर्छ भन्ने सायद सबै आगामी कार्यकाल प्रत्याशिहरुलाई अबगत नै होला । तर बिगत देखि नै चुनावमा तातिने एनसिसिको अबस्थामा फेरिपनि दुरुस्तै छ। सुरुमा लाग्दैथियो एनसीसीको सफल कार्य सम्पादनले नया पन्जिकृत सदस्यहरु थपिय ६ सय हाराहारी रहेकोमा जुन ३० भित्रमा २,१८७ जना पुगे । यो पहिलोपटक हो र सकारात्मक पाटो हो ।बुज्दै जादा यो केवल चुनावी तयारीको लागि मात्रै रहेछ । कोरोनाद्वारा सिर्जित अवस्था र अनलाइन भोटिङको प्रावधानलाई एनआरएनएले अबलम्बन गरेको हुदा भोटको खेति गरिएको यथार्थ बाहिर आईसकेको छ । कति सदस्यहरुलाई थाहा छैन उनको आडि कुन प्रयोजनका लागि मागियो भनेर,किनकि प्रायःजसो ण सदस्यहरुको दस्तुर नेतृत्व गर्न चाहानेहरुले जिम्मा लिने सुन्नमा आएको छ । २ केडि शुल्क लाग्ने सदस्यहरुको जिम्मा लिदै चुनावी अभियानमा होमिएको छ

एनआरएनएले मध्यपूर्वलाई श्रमिकमैत्रि बनाउनु पर्छ भन्ने नारा लगाउदै गर्दा यहाको एनसीसी भने युरोप अमेरिकाको सिको गर्दै अगाडि बढेको छ ।

अहिले भोट किनेर नेतृत्वमा जानेले भोलि भोट नबेच्लान भन्न सकिन्न । यस्ता नेतृत्वका प्रत्याशितहरुबाट श्रमिकले के अपेक्षा गर्ने ? एनसिसि कुवेतको अर्को दुखद अभ्यास भनौ या रितिथिति वा कुरिति , यहां बिगतदेखि नै नेतृत्वमा जान चाहानेले केही तत्व विकाश गरि आशिर्वाद थाप्ने र त्यहि तत्वले टीका लगाईदिए नेतृत्व पाउने प्रचलन छ।

यस पटक पनि टीका र आशिर्वाद साइत सकाएर , साम,दाम दण्ड भेद सहित आफुले भने अनुसार नभए इतिहास बनाइदिने उर्दि सामाजिक सन्जालमा पोखिदैछ। आखिर यो कहिले सम्म ? ७५ भन्दा बढि सघ सस्थाहरु सक्षम छैन्न समाजलाई चाहिने नेतृत्व चुन्न ? चुनाबमा चुप बसेर पछि सत्वोशराव गर्नु भन्दा वेलैमा सचेत बनौ र सहि नेतृत्व चुनौ ।

मध्येपूर्वका एनसीसीहरुलाई भोट बैंकको रुपमा हेर्दै आफुलाई जिताउन कुवेत भ्रमण गरि मोटो रकम बोलकबोल गर्नेहरुले बोलेको के कति पुर्याए ? कि आश्वासन मात्र हो । हिसाब राखौ । आउदो नेतृत्वले समाजलाई अब नया स्वरुप लानुको विक्लप छैन । समय र परिस्थिति पनि सहज छैन । आप्रवासी नेपालिहरुका समस्याहरु बढ्दोक्रम मा छन । वैदेशिक रोजगारि पनि त्यति सहज छैन । प्रवासमा समस्याहरुको आहाल छ । क्रमिकरुपमा सहजिकरण तर्फ लाग्नुपर्छ । बिगतको चन्दा अभियानलाई बिस्तारै मेटाउदै नया तथा रचनात्मक र केहि सृजनात्मक कार्यहरुबाट आर्थिक अवस्थालाई बलियो बनाउन तर्थ कदम चाल्नु पर्छ । समाजलाई मिलाएर लान सकेमा मात्र समाजले सहयोग गर्छ यो बुज्न जरुरि छ। आशा गरौ आगामी नेतृत्वले नया इतिहास लेखोस्,इतिहास नबनोस् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...