News Portal

कुवेत एनआरएनएमा बेथिति श्रमिक नीति , भोटको खेती

राज मल्ल
६२४ पटक

कुवेत  समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने भने  त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर लैजानु हाे ।

एनआरएनए नयाँ नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको सस्था उपनाम पाएको नेपाल बाहिरका नेपालीहरुको साझा थलोले बिश्वका प्रायःजसो देशहरुमा हागा फिजाएको छ जहाँ नेपाली पुगेकाछन । त्यहि हागा मध्येको एनआरएनए एनसीसी कुवेत यहि महिना भित्रमा आगामी कार्यकालको तयारीी गर्दैछ । नेतृत्व गर्न चाहानेहरु समाजमा जुर्मुराउन थालेकाछन । समाजमा गरेको योगदानको कदरको मुल्यांकन हुनुपर्ने माग सहित कोहि छन भने , योगदान दिन म पनि तयार छु भन्नेहरु पनि छन। गुटबन्दी बुज्न नसकिने गरि बनेका छन ।

बिर्सन लायक इतिहास रहेको एनसिसि कुवेतको वर्तमानमा कार्यसमितिको गतिविधिले भने केही अनुकरणीय कार्य सम्पादन गरेर सबैको मस्तिष्कमा अटाउन  सफल भयो । कोभिड -१९ को महामारीको जटिल परिस्थितिमा पनि कुवेतमा गैरकानुनी बन्न पुगेका नेपालीहरुको उद्दार सक्दो राहत वितरण , समस्यामा परेकाहरुलाई सहजिकरण केहि महिना पहिला र नेपालको लागि अक्सिजन सहयोग अभियान सम्पन्न भयो।

१० दिनमा १६ लाख ३१ हजार सहयोग संकलन कुवेतवासी सम्पूर्ण नेपालीहरुको अतुलनीय योगदान रहेको छ भने अभियानलाई पारदर्शी रुपमा सार्थक बनाउनुमा एनसीसी कुवेतकाे  समाजलाई पर्दा एक ढिक्का बनाउन सक्नु नै नेतृत्वको सबल पक्ष हो । सायद साझा सहमतिमा बनेको कार्यसमिति भएको कारण सम्भव भएको हामी मान्न सक्छौ ।

नेपाली समाज कुवेतले के चाहान्छ र कस्तोलाई सहयोग गर्छ भन्ने सायद सबै आगामी कार्यकाल प्रत्याशिहरुलाई अबगत नै होला । तर बिगत देखि नै चुनावमा तातिने एनसिसिको अबस्थामा फेरिपनि दुरुस्तै छ। सुरुमा लाग्दैथियो एनसीसीको सफल कार्य सम्पादनले नया पन्जिकृत सदस्यहरु थपिय ६ सय हाराहारी रहेकोमा जुन ३० भित्रमा २,१८७ जना पुगे । यो पहिलोपटक हो र सकारात्मक पाटो हो ।बुज्दै जादा यो केवल चुनावी तयारीको लागि मात्रै रहेछ । कोरोनाद्वारा सिर्जित अवस्था र अनलाइन भोटिङको प्रावधानलाई एनआरएनएले अबलम्बन गरेको हुदा भोटको खेति गरिएको यथार्थ बाहिर आईसकेको छ । कति सदस्यहरुलाई थाहा छैन उनको आडि कुन प्रयोजनका लागि मागियो भनेर,किनकि प्रायःजसो ण सदस्यहरुको दस्तुर नेतृत्व गर्न चाहानेहरुले जिम्मा लिने सुन्नमा आएको छ । २ केडि शुल्क लाग्ने सदस्यहरुको जिम्मा लिदै चुनावी अभियानमा होमिएको छ

एनआरएनएले मध्यपूर्वलाई श्रमिकमैत्रि बनाउनु पर्छ भन्ने नारा लगाउदै गर्दा यहाको एनसीसी भने युरोप अमेरिकाको सिको गर्दै अगाडि बढेको छ ।

अहिले भोट किनेर नेतृत्वमा जानेले भोलि भोट नबेच्लान भन्न सकिन्न । यस्ता नेतृत्वका प्रत्याशितहरुबाट श्रमिकले के अपेक्षा गर्ने ? एनसिसि कुवेतको अर्को दुखद अभ्यास भनौ या रितिथिति वा कुरिति , यहां बिगतदेखि नै नेतृत्वमा जान चाहानेले केही तत्व विकाश गरि आशिर्वाद थाप्ने र त्यहि तत्वले टीका लगाईदिए नेतृत्व पाउने प्रचलन छ।

यस पटक पनि टीका र आशिर्वाद साइत सकाएर , साम,दाम दण्ड भेद सहित आफुले भने अनुसार नभए इतिहास बनाइदिने उर्दि सामाजिक सन्जालमा पोखिदैछ। आखिर यो कहिले सम्म ? ७५ भन्दा बढि सघ सस्थाहरु सक्षम छैन्न समाजलाई चाहिने नेतृत्व चुन्न ? चुनाबमा चुप बसेर पछि सत्वोशराव गर्नु भन्दा वेलैमा सचेत बनौ र सहि नेतृत्व चुनौ ।

मध्येपूर्वका एनसीसीहरुलाई भोट बैंकको रुपमा हेर्दै आफुलाई जिताउन कुवेत भ्रमण गरि मोटो रकम बोलकबोल गर्नेहरुले बोलेको के कति पुर्याए ? कि आश्वासन मात्र हो । हिसाब राखौ । आउदो नेतृत्वले समाजलाई अब नया स्वरुप लानुको विक्लप छैन । समय र परिस्थिति पनि सहज छैन । आप्रवासी नेपालिहरुका समस्याहरु बढ्दोक्रम मा छन । वैदेशिक रोजगारि पनि त्यति सहज छैन । प्रवासमा समस्याहरुको आहाल छ । क्रमिकरुपमा सहजिकरण तर्फ लाग्नुपर्छ । बिगतको चन्दा अभियानलाई बिस्तारै मेटाउदै नया तथा रचनात्मक र केहि सृजनात्मक कार्यहरुबाट आर्थिक अवस्थालाई बलियो बनाउन तर्थ कदम चाल्नु पर्छ । समाजलाई मिलाएर लान सकेमा मात्र समाजले सहयोग गर्छ यो बुज्न जरुरि छ। आशा गरौ आगामी नेतृत्वले नया इतिहास लेखोस्,इतिहास नबनोस् ।

 

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...