News Portal

बुटवलको रुपन्देही स्थित सैनामैनाको पर्रोहा बोलबम धामको गुरुयोजना तयार ( 3D भिडियो सहित)

हिमालीसंचार संवाददाता
४८७ पटक

बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ ।

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ । 

हिन्दू धर्मावलम्बीहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न लागेका गुरुयोजना अनुरुप काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले हिमालीसंचार डटकमलाई जानकारी दिए । उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमा ३० प्रतिशत लागत नगरपालिका आफैंले बेहोर्ने छ। मूल मन्दिर निर्माणको पहिलो चरणको काम विस २०७९ मंसिर मसान्तसम्ममा पूरा हुने कार्य योजना रहेको समेत जानकारी दिए । 

यो परियोजना अन्तरगत ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । त्यस्तै,  दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने भएको छ । प्यागोडा शैलीमा बनाइने मूल मन्दिरको छानो तामाको हुनेछ भने चारवटा ढोका हुनेछन्। 

नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मूल मन्दिरमा चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर, काठका टुँडाल, मूल घण्ट, त्रिशूल, डमरु र साढे ५ फिटको गजुर रहने  छ । धामका अध्यक्ष रामबली चौधरीका अनुसार गुरुयोजना अनुसारको मन्दिर निर्माण भएमा बोलबम धाम राष्ट्रिय स्तरकै प्रमुख धामको रुपमा विकास गर्ने लक्ष रहेको छ । 

पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । प्रत्येक साउन महिनामा शिव भगवानको पुजा आराधाना गर्न यस क्षेत्रमा ठुलो भिड लाग्ने गर्छ ।

थ्रि-डी भिडियो यहा हेर्नुस्

https://youtu.be/CKY42pBZqzg

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...