News Portal

बुटवलको रुपन्देही स्थित सैनामैनाको पर्रोहा बोलबम धामको गुरुयोजना तयार ( 3D भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९७ पटक

बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ ।

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ । 

हिन्दू धर्मावलम्बीहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न लागेका गुरुयोजना अनुरुप काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले हिमालीसंचार डटकमलाई जानकारी दिए । उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमा ३० प्रतिशत लागत नगरपालिका आफैंले बेहोर्ने छ। मूल मन्दिर निर्माणको पहिलो चरणको काम विस २०७९ मंसिर मसान्तसम्ममा पूरा हुने कार्य योजना रहेको समेत जानकारी दिए । 

यो परियोजना अन्तरगत ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । त्यस्तै,  दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने भएको छ । प्यागोडा शैलीमा बनाइने मूल मन्दिरको छानो तामाको हुनेछ भने चारवटा ढोका हुनेछन्। 

नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मूल मन्दिरमा चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर, काठका टुँडाल, मूल घण्ट, त्रिशूल, डमरु र साढे ५ फिटको गजुर रहने  छ । धामका अध्यक्ष रामबली चौधरीका अनुसार गुरुयोजना अनुसारको मन्दिर निर्माण भएमा बोलबम धाम राष्ट्रिय स्तरकै प्रमुख धामको रुपमा विकास गर्ने लक्ष रहेको छ । 

पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । प्रत्येक साउन महिनामा शिव भगवानको पुजा आराधाना गर्न यस क्षेत्रमा ठुलो भिड लाग्ने गर्छ ।

थ्रि-डी भिडियो यहा हेर्नुस्

https://youtu.be/CKY42pBZqzg

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...