News Portal

हङकङमा बम बनाएको आरोपमा ६ जाना विधार्थीसहित ९ जना पक्राउ

हिमालीसंचार संवाददाता
५३८ पटक

युवा राई/हङकङ – हङकङमा ६ जना विधार्थी सहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा हङकङ प्रहरीले पक्राउ परेका छन्। हङकङ प्रहरीले पक्राउ गरी आतंकवादी अभियोगमा उनीहरुलाई कार्वाही गर्ने जनाएको छ।

हङकङ प्रहरीले सोमबार नै पक्राउ गरेको हो। जसमध्ये ५ जना पुरुष र ४ महिला १५ देखि ३९ वर्ष उमेर समूहका विधार्थीहरु रहेका छन्। हङकङ प्रहरीका अनुसार उनीहरुले विस्फोटक पदार्थ बनाएर हङकङमा आतंकवादी गतिविधिका लागि षड्यन्त्र गरिरहेका आरोप लगाएको छ।

हङकङ प्रहरीका अनुसार “हिजो हामीले गरेको अपरेशन ती गिरोहहरुविरुद्ध थियो, जसले होस्टेलभित्रै घरेलु ल्याबमा विस्फोट पदार्थ बनाइरहेका थिए,” वरिष्ठ प्रहरी निरीक्षक स्टेभ ली ले बताए। हङकङ प्रहरीका अनुसार यस समूहका ९ जना स्वतन्त्रता समूहका सदस्य समेत थिए। अन्य ६ जना १९ वर्षमुनिका थिए।

साथै ३ जना वयस्क थिए जो स्थानीय विश्वविद्यालयमा कार्यरत थिए। उनीहरुले यस विस्फोटक पदार्थ बनाएर रेल वे नेटवर्क, अदालत लगायत सार्वजनिक सम्पत्तिका संरचनामाथि हमला गर्ने योजना बनाइरहेकोसमेत प्रहरीको आरोप छ।

हङकङमा सन् २०१९ सालमा ६ महिना भन्दा लामो समयसम्म चलेको प्रजातन्त्रवादीहरुको विशाल प्रदर्शनसँगै पछिल्लो समय ठूलो मात्रामा सरकार विरोधी गतिविधि हुँदैआएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...