News Portal

हङकङमा बम बनाएको आरोपमा ६ जाना विधार्थीसहित ९ जना पक्राउ

हिमालीसंचार संवाददाता
६२५ पटक

युवा राई/हङकङ – हङकङमा ६ जना विधार्थी सहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा हङकङ प्रहरीले पक्राउ परेका छन्। हङकङ प्रहरीले पक्राउ गरी आतंकवादी अभियोगमा उनीहरुलाई कार्वाही गर्ने जनाएको छ।

हङकङ प्रहरीले सोमबार नै पक्राउ गरेको हो। जसमध्ये ५ जना पुरुष र ४ महिला १५ देखि ३९ वर्ष उमेर समूहका विधार्थीहरु रहेका छन्। हङकङ प्रहरीका अनुसार उनीहरुले विस्फोटक पदार्थ बनाएर हङकङमा आतंकवादी गतिविधिका लागि षड्यन्त्र गरिरहेका आरोप लगाएको छ।

हङकङ प्रहरीका अनुसार “हिजो हामीले गरेको अपरेशन ती गिरोहहरुविरुद्ध थियो, जसले होस्टेलभित्रै घरेलु ल्याबमा विस्फोट पदार्थ बनाइरहेका थिए,” वरिष्ठ प्रहरी निरीक्षक स्टेभ ली ले बताए। हङकङ प्रहरीका अनुसार यस समूहका ९ जना स्वतन्त्रता समूहका सदस्य समेत थिए। अन्य ६ जना १९ वर्षमुनिका थिए।

साथै ३ जना वयस्क थिए जो स्थानीय विश्वविद्यालयमा कार्यरत थिए। उनीहरुले यस विस्फोटक पदार्थ बनाएर रेल वे नेटवर्क, अदालत लगायत सार्वजनिक सम्पत्तिका संरचनामाथि हमला गर्ने योजना बनाइरहेकोसमेत प्रहरीको आरोप छ।

हङकङमा सन् २०१९ सालमा ६ महिना भन्दा लामो समयसम्म चलेको प्रजातन्त्रवादीहरुको विशाल प्रदर्शनसँगै पछिल्लो समय ठूलो मात्रामा सरकार विरोधी गतिविधि हुँदैआएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...