News Portal

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रका राई निर्वाचित

हिमालीसंचार संवाददाता
८५९ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सुप्तुलुङ खिम यलम्वर-सभा हल हङकङमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङका अध्यक्षमा चन्द्रका थुलुङ राई निर्वाचित हुनु भएको छ ।

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशनमा संस्थाका अध्यक्ष हरी चन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जनजाति महासंध हङकङका अध्यक्ष किसन राई, विशिष्ट अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका सदस्य दीलीप राई, विशिष्ट अतिथिहरुमा याक्थुम चुम्लुङ हङकङ, सुनुवार समाज हङकङ, याक्खा समाज हङकङ साथै हङकङमा संगठीत विभिन्न राई समुदायका ८ वटा भाषिक संस्थाहरुका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। 

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशनका लागि अध्यक्षका प्रत्यासी पिताम्बर राई “चाम्लिङ” २५ मतले पराजित भएका थिए। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध चयन गरिएको कार्यक्रमका संयोजक बज्रकुमार राईले हिमालीसंचार डटकमलाई जानकारी दिए। 

संयोजक राईका अनुसार अध्यक्ष चन्द्रका थुलुङ राई, प्रमुख उपाध्यक्ष गजेन्द्र बान्तावा राई, महासचिव गंगाराम साम्पाङ राई, सचिव राजेन्द्र चाम्लिङ राई, सहसचिव शिव कुमार राई, कोषाध्यक्ष मणी राज राई, सहकोषाध्यक्ष दिनेश कुमार थुलुङ राई र सदस्यहरुमा पबित्र चाम्लिङ राई, पबित्रा बान्तावा राई, राम चन्द्र कोयु राई, बबिता सम्पाङ राई, बिष्णु कुमार बायुङ राई, भिम प्रसाद थुलुङ राई र अन्य दुई सदस्य पद अझै रिक्त रहेको समेत जानकारी दिएका छन्। 

नवनिर्वाचित अध्यक्ष चन्द्रका राईसंगको हिमालीसंचारले गरेको कुराकानीमा आगामी कार्यदिशा क्यालेण्डर अनुरुप हङकङमा संगठीत विभिन्न भाषिक संस्थाहरुसंग आवश्याक सहकार्य गरी आगामी बैठक, छलफलद्वारा आफ्नो समुदायको हितका लागि काम गर्ने बाताउनु भएको छ। आयोजित कार्यक्रम संचालन गजेन्द्र बान्तावा राईले संचालन गरेका थिए। 

फोटो फिचर:

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...