News Portal

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रका राई निर्वाचित

हिमालीसंचार संवाददाता
७५५ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सुप्तुलुङ खिम यलम्वर-सभा हल हङकङमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङका अध्यक्षमा चन्द्रका थुलुङ राई निर्वाचित हुनु भएको छ ।

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशनमा संस्थाका अध्यक्ष हरी चन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जनजाति महासंध हङकङका अध्यक्ष किसन राई, विशिष्ट अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका सदस्य दीलीप राई, विशिष्ट अतिथिहरुमा याक्थुम चुम्लुङ हङकङ, सुनुवार समाज हङकङ, याक्खा समाज हङकङ साथै हङकङमा संगठीत विभिन्न राई समुदायका ८ वटा भाषिक संस्थाहरुका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। 

किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशनका लागि अध्यक्षका प्रत्यासी पिताम्बर राई “चाम्लिङ” २५ मतले पराजित भएका थिए। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध चयन गरिएको कार्यक्रमका संयोजक बज्रकुमार राईले हिमालीसंचार डटकमलाई जानकारी दिए। 

संयोजक राईका अनुसार अध्यक्ष चन्द्रका थुलुङ राई, प्रमुख उपाध्यक्ष गजेन्द्र बान्तावा राई, महासचिव गंगाराम साम्पाङ राई, सचिव राजेन्द्र चाम्लिङ राई, सहसचिव शिव कुमार राई, कोषाध्यक्ष मणी राज राई, सहकोषाध्यक्ष दिनेश कुमार थुलुङ राई र सदस्यहरुमा पबित्र चाम्लिङ राई, पबित्रा बान्तावा राई, राम चन्द्र कोयु राई, बबिता सम्पाङ राई, बिष्णु कुमार बायुङ राई, भिम प्रसाद थुलुङ राई र अन्य दुई सदस्य पद अझै रिक्त रहेको समेत जानकारी दिएका छन्। 

नवनिर्वाचित अध्यक्ष चन्द्रका राईसंगको हिमालीसंचारले गरेको कुराकानीमा आगामी कार्यदिशा क्यालेण्डर अनुरुप हङकङमा संगठीत विभिन्न भाषिक संस्थाहरुसंग आवश्याक सहकार्य गरी आगामी बैठक, छलफलद्वारा आफ्नो समुदायको हितका लागि काम गर्ने बाताउनु भएको छ। आयोजित कार्यक्रम संचालन गजेन्द्र बान्तावा राईले संचालन गरेका थिए। 

फोटो फिचर:

 

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...