News Portal

सरकार छ भन्ने महसुस कहिलेे हुने ?

त्रिभुवन अधिकारी
६८८ पटक

धादिङ।

नेपालमा मनसुन सिजन भए लगतै धेरै मानिसको ज्यान जाने गर्दछ भने कयौं घर बास बिहिन हुन्छ्न ? तर दुई तिहाईको लमपसारबादी भ्रष्टाचारी सरकार निदाएर बसेको छ ? अहिले धेरै नेपाली जनताको मनमा उब्जेको प्रशन हो कि यो नालायक सरकारले आखिर कहिलेसम्म नेपाली जनताको जीवन माथी खेलबाड गर्ने हुन ? एकातिर कोभिड-१९ ले मारमा परेको नेपाली जनता कोहि भोकै मरिरहेको छ्न त कोहि आफ्नो परिबारको दुख भोक देख्न नसकेर आत्महत्या गरेको छ्न।

विभिन्न पत्रपत्रिका हेर्दा र समाचार सुन्दा आखाभरी आशु हुन्छ तर सरकार भने आफ्नो कुर्सी र पद जोगाउन अनेक रणनीति अपनाउदै नेपाली जनताको छाती माथी कुल्चने प्रयास गर्दै छ किन ? रास्ट्रीय बिपद जोखिम न्यूनीकरण तथा ब्याबस्थापन प्राधिकरणका प्रबक्ता लीलाधर अधिकारीका अनुसार जोखिम क्षेत्रका बस्ती स्थानतरण गर्न भनेर सरकारले २०७८ बैशाखमा मात्रै २० करोड रुपैया निकासा गरेको छ ? कहा छ त पैसा ? बैशाखमा छुटाएको बजेट अहिलेसम्म जोखिमयुक्त ठाउँहरुमा सदुपयोग गरेर बिपदलाई रोक्ने काम किन गरिएन ? के साच्चै सरकारले भ्रष्टाचार गरेको त हैन ? यदि भ्रष्टाचार नगरेको भए अहिलेसम्म तो पैसाको सदुपयोग किन गरिएन ?

बिपद पुर्व कानमा तेल हालेर बस्ने अनि क्षतीपछि जनतालाई झिनो मसिनो राहतले दुखेको घाउ टाल्न खोज्ने यिनका यी प्रबृत्तिले गर्दा कयौं नेपाली जनताले दुख पाएको छ ? हामीलाई यो मान्य हुदैन केपि उर्फ खड्का प्रसाद ओलिज्यु फेरि जनताले शितल निबासमा आएर रास्ट्रपति महारानी बिद्या देवी भण्डारीलाई र बालुवाटार प्रधानमन्त्री कार्यलयमा आएर तिम्रो यस्तो हुतिहारापन भ्रष्टाचार गर्ने सोचलाई भित्रबाट तानेर सडकमा ल्याएर जिउदै जलाउन नपरोस ?

तिमीले र तिम्रो २/४ जना झोले आसेपासे कार्यकर्ताले गर्दा आज यो देश खोक्रो बनाएर भारतको गुलामी बनाउने जस्तो ब्यावहार देखिएको छ यसो हो भने भुलेपनी नगर्नु होशियार ! रवैया हेर्दा लाग्छ सरकार फेरि पनि सम्भाबित धेरै छेती कुरेर बसेको छ। बिपद न्यूनीकरणमा सरकारी कर्मचारी सयन्त्र कहिलै पनि गम्भीर देखिएको छैन आखिर किन ? सरकार जहिले निधाएर बसेको छ तर बिपद रोक्न अहिलेसम्म कुनै पनि पुर्व तयारी गरेको छैन ? भ्रष्टाचार गर्न भने सधै अगाडि आउछ किन?

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...