News Portal

सरकार छ भन्ने महसुस कहिलेे हुने ?

त्रिभुवन अधिकारी
६०२ पटक

धादिङ।

नेपालमा मनसुन सिजन भए लगतै धेरै मानिसको ज्यान जाने गर्दछ भने कयौं घर बास बिहिन हुन्छ्न ? तर दुई तिहाईको लमपसारबादी भ्रष्टाचारी सरकार निदाएर बसेको छ ? अहिले धेरै नेपाली जनताको मनमा उब्जेको प्रशन हो कि यो नालायक सरकारले आखिर कहिलेसम्म नेपाली जनताको जीवन माथी खेलबाड गर्ने हुन ? एकातिर कोभिड-१९ ले मारमा परेको नेपाली जनता कोहि भोकै मरिरहेको छ्न त कोहि आफ्नो परिबारको दुख भोक देख्न नसकेर आत्महत्या गरेको छ्न।

विभिन्न पत्रपत्रिका हेर्दा र समाचार सुन्दा आखाभरी आशु हुन्छ तर सरकार भने आफ्नो कुर्सी र पद जोगाउन अनेक रणनीति अपनाउदै नेपाली जनताको छाती माथी कुल्चने प्रयास गर्दै छ किन ? रास्ट्रीय बिपद जोखिम न्यूनीकरण तथा ब्याबस्थापन प्राधिकरणका प्रबक्ता लीलाधर अधिकारीका अनुसार जोखिम क्षेत्रका बस्ती स्थानतरण गर्न भनेर सरकारले २०७८ बैशाखमा मात्रै २० करोड रुपैया निकासा गरेको छ ? कहा छ त पैसा ? बैशाखमा छुटाएको बजेट अहिलेसम्म जोखिमयुक्त ठाउँहरुमा सदुपयोग गरेर बिपदलाई रोक्ने काम किन गरिएन ? के साच्चै सरकारले भ्रष्टाचार गरेको त हैन ? यदि भ्रष्टाचार नगरेको भए अहिलेसम्म तो पैसाको सदुपयोग किन गरिएन ?

बिपद पुर्व कानमा तेल हालेर बस्ने अनि क्षतीपछि जनतालाई झिनो मसिनो राहतले दुखेको घाउ टाल्न खोज्ने यिनका यी प्रबृत्तिले गर्दा कयौं नेपाली जनताले दुख पाएको छ ? हामीलाई यो मान्य हुदैन केपि उर्फ खड्का प्रसाद ओलिज्यु फेरि जनताले शितल निबासमा आएर रास्ट्रपति महारानी बिद्या देवी भण्डारीलाई र बालुवाटार प्रधानमन्त्री कार्यलयमा आएर तिम्रो यस्तो हुतिहारापन भ्रष्टाचार गर्ने सोचलाई भित्रबाट तानेर सडकमा ल्याएर जिउदै जलाउन नपरोस ?

तिमीले र तिम्रो २/४ जना झोले आसेपासे कार्यकर्ताले गर्दा आज यो देश खोक्रो बनाएर भारतको गुलामी बनाउने जस्तो ब्यावहार देखिएको छ यसो हो भने भुलेपनी नगर्नु होशियार ! रवैया हेर्दा लाग्छ सरकार फेरि पनि सम्भाबित धेरै छेती कुरेर बसेको छ। बिपद न्यूनीकरणमा सरकारी कर्मचारी सयन्त्र कहिलै पनि गम्भीर देखिएको छैन आखिर किन ? सरकार जहिले निधाएर बसेको छ तर बिपद रोक्न अहिलेसम्म कुनै पनि पुर्व तयारी गरेको छैन ? भ्रष्टाचार गर्न भने सधै अगाडि आउछ किन?

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...