News Portal

लाइक लुकाउन मिल्ने फिचर थप्दै इन्स्टाग्राम

हिमालीसंचार संवाददाता
५०१ पटक

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ। कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो।

यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने फलोअरको युजरनेम देख्न पाउनेछन्। त्यसमा लाइक गर्ने संख्या देखिनेछैन। यो टुल सन् २०१९ मै धेरै देशमा परीक्षण गरिएको थियो। तर अब भने यो विश्वभर लागू हुने कम्पनीले जनाएको छ। इन्स्टाग्रामका मालिक आदम मोसेरीले यो फिचर आउन समय लागे पनि आफू निकै उत्साहित भएको बताएका छन्।

यो फिचरको परीक्षण र अनुसन्धानको क्रममा इन्स्टाग्रामले लाइक हटाउँदा व्यवहारमा सानो प्रभाव पर्ने बताएको थियो। किनकी कतिपय प्रयोगकर्ताले थोरै लाइक पाउँदा मानसिक चिन्ता गरेको भन्दै केही असन्तुष्टि आएको थियो।

भर्खरै भएको अक्सफोर्डको इन्टरनेट इन्स्टिच्युट स्टडीले सामाजिक सञ्जाल र किशोरावस्थाका युवायुवतीको मानसिक स्वास्थ्यबीच थोरै सम्बन्ध देखिएको पाएको थियो। यसका बाबजुद इन्स्टाग्रामले मानिसहरुलाई असल अनुभव होस् भनेर यो फिचर ल्याएको मोसेरीले बताएका छन्। बीबीसीबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...