News Portal

माधव नेपालको आह्वान– यो प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं !

हिमालीसंचार संवाददाता
६३७ पटक

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन्।

संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ। नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन्।

“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ,” उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...