News Portal

तपाईंको राशिफल : २०७५ साल  आश्विन ९ गते मङ्गलवार, तदअनुसार सेप्टेम्बर २५,२०१८

हिमाली संचार संवाददाता
६३९ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
घर व्यवहारको समस्याले सताउनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ ।

वृष
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

मिथुन
रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ ।

कर्कट
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ होला ।

सिंह
मन खिन्न हुने स्थिति आउनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अनावश्यक यात्रा हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कन्या
धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

तुला
आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

वृश्चिक
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

धनु
पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ
बोलीको भरमा कार्य सम्पादन हुनेछ ।  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ ।

मीन
विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...