News Portal

तपाईंको राशिफल : २०७५ साल आश्विन ८ गते सोमवार, तदअनुसार सेप्टेम्बर २४, २०१८

हिमाली संचार संवाददाता
७४० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
सरकारी निकाएको भय रहनेछ । नाक तथा घाँटीमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुयाएर कार्य गर्नु होला ।

वृष
धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ व्यक्तिसंग भेट हुनेछ । महिला वर्ग बाट सहयोग पाइएला । आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन
आज मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । भौतिक साधन जुटाउने समय छ । सेयरको करोबमा फाईदा हुनेछ ।

कर्कट
झिनामसिना घरायसी कामको चाप बढ्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । गुप्त र मानसिक रोगले सताउन सक्छ । स्वास्थ्य प्रतिकूलता रहन सक्छ ।

सिंह
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मध्यम खाले दिन छ ।

कन्या
रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।

तुला
लाभदायी यात्रा हुनुका साथै स्थान परिवर्तनको योग रहेको छ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृश्चिक
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला । मुद्दा मामिला आइलाग्नेछ ।

धनु
अवसर आउनाले मन प्रसन्न रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । स्वास्थ्यमा समस्या आउला । महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

मकर
मनोरञ्जनमा सहभागीता भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अरुको मन जित्न सकिनेछ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ ।

कुम्भ
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् । मान सम्मान पइनाले मन प्रशन्न रहला । कुटुम्बले राम्रो सहयोग गर्ने छन् ।

मीन
चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । जग्गा जमिन तथा सवारी साधन खरिद विक्रीको योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...