News Portal

व्यवसायी महासंघको अध्यक्षमा कांग्रेस निकटका रवि सिंह विजयी

हिमाली संचार संवाददाता
७६९ पटक

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघमा नेपाली कांग्रेसले अध्यक्ष सहितका बहुमत पदमा जित हासिल गरेको छ ।

काठमाडौंमा शनिबार मध्यराति सम्पन्न मतपरिणामअनुसार नेपाली कांग्रेस निकटका रवि सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहले ५४६ मतसहित भारि मतले विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अध्यक्षमा उम्मेदवार बनेका यक्षध्वज कार्कीले ३५३ मत पाएर नराम्रोसँग पराजित भएका छन् । अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका थिए ।

महासचिवमा पूर्वएमाले निकटका रोशन दाहालले विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा राप्रपा (प्रजातान्त्रिक)का निकोलस पाण्डेले जितेका छन् । निकोलस पूर्वमन्त्री विक्रमबहादुर पाण्डेका छोरा हुन् । पाण्डेले झिनो मतअन्तरले विजयी भएका छन् ।

कोषाध्यक्षमा कांग्रेस निकटका हिरण श्रेष्ठ विजयी भएका छन् । सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएकी छिन् । उपमहासविचमा नरहरि थपलिया र टंक चौलागाइँले जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको सात प्रदेशबाट एक–एकजना उपाध्यक्ष विजयी भएका छन् । प्रदेश १ को उपाध्यक्षमा धिरेन्द्र दाहाल, प्रदेश २ मा सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्वा लामा, प्रदेश ४ मा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, प्रदेश ६ मा रत्नबहादुर खड्का र प्रदेश ७ माप्रकाश सेठी उपाध्यक्षमा विजयी भएका छन् ।

५९ सदस्यीय महासंघको कार्यसमितिमा ५४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ५ जना केन्द्रीय सदस्य पछि अध्यक्षले थप गरेर कार्यसमितिलाई पूर्णता दिनेछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...