News Portal

कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

हिमाली संचार संवाददाता
१२८० पटक

हरि कृष्ण न्यौपाने
कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन। राहदानी नं. ०६५५६१९६ र नेपाली नागरिकता नं. २४८०(सुनसरी) रहेकी पेसल माया राइको ३ अगस्ट, २०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर भने – मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन। मगरले थपे – आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन। मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसै संग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन। दितिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दुतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन।

मृतक पेसल माया राइ बि.स. २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका रूपमा श्रम स्विकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ। राहदानी जारी मिती २७ जुन, २०१३(सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर १२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरुसम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं. ००९६५ – ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दुताबास कुवेतले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...