News Portal

सुनकोशी र इन्द्रावती नदिका बगर कब्जा गर्न हानाथाप

हिमाली संचार संवाददाता
६२० पटक

दिनेश थापा
सिन्धुपाल्चोक – जिल्ला समन्वय समितिले सुनकोशी, इन्द्रावती लगायतका नदी क्षेत्रबाट उत्खनन खुला गरेसँगै बगर कब्जा गर्ने होडबाजी नै चलेको छ । असारदेखि रोक लगाइएको नदीजन्य पदार्थ उत्खननलाई स्थानीय सरकार र प्रशासनले  खुला गरेसँगै स्थानीयबासीबीच नदी छेउको बगर कब्जा गर्न होड चलेको हो ।

वर्षायामको तीन महिना सुनकोशी, इन्द्रावती नदी आसपासबाट नदीजन्य पदार्थ निकाल्न रोक लगाइएको थियो । स्थानीय सरकारले असोज ५ गतेबाट उत्खनन् खुला गरेपछि स्थानीयबासीहरु हातमा साबेल बोकेर नदी किनारहरुमा पुगेका छन् ।

कतिपय ठाउँमा झडप समेत भएको छ । सुनकोशी नदीको सुकुटे नजिकै चालिसे बगरमा कसले कुन स्थानमा बालुवा उत्खनन् गर्ने भन्ने विवाद हुँदा चौतारा साँगाचोकगढीको १०, ११ र १२ वडाका स्थानीयबीच झडप भएको थियो । झडपमा दुई जना घाइते भएको बन्देउ प्रहरीले जानकारी दिएको छ ।

१० नम्बर वडाको चालिसे बगरमा ११ र १२ वडाका स्थानीय पनि बालुवा निकाल्न आएपछि झडप भएको प्रहरीले जानकारी दियो ।

‘१० नम्बर वडाको आफ्नै त्यत्रो बगर छ, हामीले ४० वर्षदेखि यो वगरबाट बालुवा निकालेर जिविका चलाउँदै आएका छौं’, ११ नम्बर वडाका मुन्दे माझीले भने, ‘हामी १० को बगरमा पनि जाँदैनौ र ११ मा आए हामी कसैलाई पनि निकाल्न दिँदैनौं ।’

दुई वडाका बीचमा मात्रै होइन, एउटै वडामा पनि कसले कति बगर ओगट्ने भन्ने विवाद हुने गरेको छ । ३ गते रातिदेखि नै सुनकोशी नदीको छेउमा रहेको चालिसे बगरमा आएर सयौं स्थानीयलेे बगर कब्जा गरेका थिए ।

‘हामीले आफ्नो भनेर घेरा लगाएका थियौं । भोलिपल्ट आउँदा अरुले नै बालुवा निकाल्न लागेपछि भनाभन भएको हो’, १० नम्बर वडाकी मैना नेपालीले बताइन् ।

अन्यत्रबाट पनि सुनकोशी र इन्द्रावती नदी किनारमा आएर नदीजन्य पदार्थ निकालिरहेका छन् । स्थानीयले विरोध गर्दा बगर सबैको साझा भएको तर्क गर्ने गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुुख कृृष्णगोपाल तामाङले भने सामाजिक संरचना र निजी आवास निर्माणमा सहजता ल्याउन उत्खनन् खुला गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...