News Portal

पूर्व माओवादी केन्द्रका मन्त्रीहरु ओलीसँगै रहने, पार्टीको कार्यवाही गरे सामना गर्ने

“आज माओवादी केन्द्रले बैठक बोलाएको छ । आजको बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिने”

हिमालीसंचार संवाददाता
५०९ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री प्रभु साह र युवा तथा खेलकुदमन्त्री दाबा लामा छन् । खानेपानी मन्त्री थापा र लामा सांसद छैनन् ।

खानेपानीमन्त्री थापाकाअनुसार उनीहरुले आजमात्रै प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यो निर्णयसँगै माधव कुमार नेपाल र झलनाथ खनालहरु एमालेमा फर्किसकेका छन् । अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले के गर्ने ? भन्ने अन्यौलता थियो । तर, प्रधानमन्त्री ओलीसँगको छलफलमा उनीहरुले सांसद पद माया मार्ने तर ओलीको साथ नछोड्ने निश्कर्ष निकालेका छन् ।

माओवादी केन्द्रले पनि उनीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसको लागि आज अपरान्ह १ बजे माओवादी केन्द्रले बैठक बोलाएको छ । आजको बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...