News Portal

पूर्व माओवादी केन्द्रका मन्त्रीहरु ओलीसँगै रहने, पार्टीको कार्यवाही गरे सामना गर्ने

“आज माओवादी केन्द्रले बैठक बोलाएको छ । आजको बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिने”

हिमालीसंचार संवाददाता
४५० पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री प्रभु साह र युवा तथा खेलकुदमन्त्री दाबा लामा छन् । खानेपानी मन्त्री थापा र लामा सांसद छैनन् ।

खानेपानीमन्त्री थापाकाअनुसार उनीहरुले आजमात्रै प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यो निर्णयसँगै माधव कुमार नेपाल र झलनाथ खनालहरु एमालेमा फर्किसकेका छन् । अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले के गर्ने ? भन्ने अन्यौलता थियो । तर, प्रधानमन्त्री ओलीसँगको छलफलमा उनीहरुले सांसद पद माया मार्ने तर ओलीको साथ नछोड्ने निश्कर्ष निकालेका छन् ।

माओवादी केन्द्रले पनि उनीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसको लागि आज अपरान्ह १ बजे माओवादी केन्द्रले बैठक बोलाएको छ । आजको बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...