News Portal

केपी ओलीको बहिगर्मन भएन भने देशमा काण्डै काण्ड : उपेन्द्र यादव

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित नहुने बताएका छन्। उनको पार्टी निकट प्रध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपा विवाद समाधान गर्न निर्वाचन आयोगले ‘परेड’ गराई दिनुपर्ने सुझाव दिएका हुन्।

नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्नु हुँदैन, दुईटा टेबल राखेर कसको पक्षमा कतिजना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिए। उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए।

उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन।’ निर्वानच आयोगले निष्पक्षता देखाउनु पर्ने कुरामा जोड दिँदै उनले आयोगले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको प्रतिगतम विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए। अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आनदोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि सम्झदारी बनाएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए। उनले भने, ओलीको बहिगर्मन भएन भने यो देशमा यस्ता काण्ड कति हुन्छ कति त्यसैले सिस्टमलाई अगाडि बढाउन सकिदैन।’ देशको निकासको लागि आफूहरुको सकारात्मक भूमिका रहने उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...