News Portal

केपी ओलीको बहिगर्मन भएन भने देशमा काण्डै काण्ड : उपेन्द्र यादव

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित नहुने बताएका छन्। उनको पार्टी निकट प्रध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपा विवाद समाधान गर्न निर्वाचन आयोगले ‘परेड’ गराई दिनुपर्ने सुझाव दिएका हुन्।

नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्नु हुँदैन, दुईटा टेबल राखेर कसको पक्षमा कतिजना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिए। उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए।

उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन।’ निर्वानच आयोगले निष्पक्षता देखाउनु पर्ने कुरामा जोड दिँदै उनले आयोगले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको प्रतिगतम विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए। अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आनदोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि सम्झदारी बनाएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए। उनले भने, ओलीको बहिगर्मन भएन भने यो देशमा यस्ता काण्ड कति हुन्छ कति त्यसैले सिस्टमलाई अगाडि बढाउन सकिदैन।’ देशको निकासको लागि आफूहरुको सकारात्मक भूमिका रहने उनले बताए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...