News Portal

सुनसरी समाज युएईकी अध्यक्ष आचार्यको भव्य विदाई

हिमालीसंचार संवाददाता
४२३ पटक

रामप्युर ढुंगेल/एइ – युएईको सक्रिय सामाजिक जिल्ला स्तरीय संस्था सुनसरी समाज युएईले आफ्नो अध्यक्ष देविका आचार्यलाई फेब्रुअरीमा ५ तरिख विदाई गरेको छ ।

दुबईको लुम्बिनी गेस्ट हाउसमा आयोजित विदाइ कार्यक्रममा सुनसरी समाजका पदाधिकारी तथा शुभेच्छुकहरुले दोसल्ला ओडाएर मायाको चिनो उपहार दिएर एक समारोहबीच विदाइ गरेका हुन । बिदाई कार्यक्रममा सुनसरी समाज युएईका संस्थापक रोहित बस्नेत, उपाध्यक्ष तिलक कार्की, कोसाध्यक्ष सरु कटवाललगायतले अध्यक्ष आचार्यको योगदानको चर्चा गर्दै भब्य तरिकाले बिदाई गरेका थिए ।

वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत सुनसरीका बासिन्दाहरुको सुखदुःखको सहयात्री संस्था सुनसरी समाज युएईको गत वर्षको फेब्रुअरीमा २१ तारिख सप्पन्न पहिलो अधिवेशनले सर्वसम्मत अध्यक्षमा देविका आचार्यलाई चुनेको थियो ।

वैदेशिक रोजगारीको लागि चार वर्ष अगाडि युएई आएकी आचार्य यसअघि कुवेतमा पनि लामो समय रोजगारीकै सिलसिलामा बसेकी थिइन् ।

युएईका नवीनतम जिल्ला स्तरीय समाजहरुमा पर्ने सुनसरी समाज युएईले आचार्यलाई अध्यक्षमा पाएपछि कोरोना भाइरसको फैलावटले विश्व नै प्रभावित भएको थियो । यस्तो विषम परिस्थितिमा पनि नेपाली समाज युएईको नेतृत्वमा भएको राहत तथा उद्वार समितिमा रहेर सुनसरी समाज युएईले कोरोना प्रभावित नेपालीहरुलाई खाद्यान्न वितरण तथा राहत उपलब्ध गराउन, बिचल्लीमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन, एक जना सुनसरीबासी महिलालाई नि:शुल्क हवाई टिकट उपलब्ध गराउन सहयोग गरेको विदाइ कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

सोही कार्यक्रममा युएईको पहिलो सामाजिक संस्था नेपाली समाज युएईले पनि आचार्यलाई सम्मान पत्रका साथमा बिदाई गरेको नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले बताएका छन् ।

बिदाइ कार्यक्रममा मन्तव्य दिदै नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले सुनसरी समाज युएईका अध्यक्ष आचार्यको स्पष्ट कार्यशैली, प्रष्ट विचार र सहयोगी भावनाको उच्च मुल्यांकन गरेको बताएका छन् । कोरोना प्रभावित महिनाहरुमा अजमान क्षेत्रमा रहेका नेपालीहरुलाई राहत वितरणमा सुनसरी समाज युएईले सक्रिय र उदाहरणीय भुमिका निर्वाह गरेको बताएका छन् ।

आफ्नो देशमा व्यावसाय गर्ने उदेश्य लिएर नेपाल फर्किन लागेकी अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा साथ, सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । अध्यक्ष आचार्य फेब्रुअरी ६ तारिख शनिबार नेपाल एयरलाइन्समार्फत नेपाल फर्कदै छिन् ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...