News Portal

सुनबर्सी नगरपालिकाको वडाअध्यक्षको दोहोरो नागरिकता

हिमालीसंचार संवाददाता
६३३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्सी नगरपालिका वडा  नम्बर  ८ का वडाअध्यक्ष नुरुल मियाले दोहोरो नागरिता लिएको भन्दै वडा सदस्यहरुद्वारा संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गर्दे  सार्वजनिक गरेका छन ।

उनिहरुले भारतीय आधार काड ७०५४९२०३५५७० क भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड भेटिएका छन । उक्त आधार कार्डमा १९७९/०१/०१ जन्ममिति उल्लेख गरिएको छ । भारतीय आघार कार्डमा २०३५ पुस १७ गते जन्ममिति  देखिन्छ  तर नेपाली नागरिकतामा भने नुरुलको जन्ममिति २०३६ बैशाख २० गते लेखिएको छ ।  

उक्त नागरिकता ६११८ नम्बरको र  जारी मिति २०५५ असार ५ गते भएको पाईएको छ। आधार कार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९)मा एटिएम समेत लिएका छन् । उनले बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।  

यता नेपालमा पनि नुरुल मियाको नाममा वंशजकै नागरिकता  रहेको छ ।  उनले वंशजको आधारमा नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गर्दै आएका छन । उनीहरुले स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका थिए ।

नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ।  वडाअध्यक्षले जनता आवास लगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा समेत गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सोही वडाका वडासदस्य कन्याँ मिया, कन्हैया लाल गन्गाई, दुखिया ऋिषिदेव र शिला देवी गन्गाईले संयुक्तरूपमा कार्वाहीको लागि आवहान गरेका छन।  वडाअध्यक्षले प्रधानमन्त्री जनता आवास कार्यक्रम अनुसार सुनबर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा उजुरी हालेका छन।जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडाअध्यक्ष नुरुल मियाकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ । 

निर्माण भएको १४ वटा घर पनि नक्सा अनुसारका नबनेको, स्टीमेटमा घरको जग २२ फुटको भएपनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजना अनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टीमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ । स्टीमेट र निर्माण भएको घर हेर्दा प्रत्येक घरमा एक लाख बढी भ्रष्ट्राचार भएको पत्रमा दाबि गरिएको छ । 

वडामा हुने सम्पूर्ण योजना वडासदस्यहरुसँग समन्वय नगरि आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरुलाई समस्य पर्ने गरेको वडासदस्य कन्हा मियाँले बताए । विकास निर्माणहरुमा वडामा एउटा निर्माण हुन्छ अध्यक्ष नुरुलले अर्के काम गर्ने आफू अनुकुल उपभोक्ता समिति बनाएर अर्कै काम गर्ने गरेको वडासदस्य कन्हौलाल गन्गाईले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय धनकुटामा फागुन ७ गते उजुरी परेको हो । नुरुलले भारतीय नागरिकता बोकेर नेपालको जनप्रतिनिधि वडाअध्यक्ष भएर कसैको कुरा नसुन्ने, जथाभाबि अख्तियार दुरुपयोग गर्नुको साथै भ्रष्ट्राचार गरेको रकम भारतीय बैंकमा खोलिएको खाताहरुमा राख्ने गरेकोले तत्काल कारबाही हुनुपर्ने वडासदस्यहरुको माग राखेका छन ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...