News Portal

अम्बिका भण्डारीका तीन मुक्तक

हिमालीसंचार संवाददाता
९२४ पटक

मुक्तक – १
हिमालमा जडिबुटी फल्छ भन्ने थाहा थियो,
सिरी सिरी चिसो बतास चल्छ भन्ने थाहा थियो !
त्यसैले त सम्झदानी ह्रदयलाई शान्ति मिल्छ,
मेरो हिमाल हेरी दुष्मन जल्छ भन्ने थाहा थियो !!

मुक्तक – २
यहि माटोमा लडिबुडी खेल्दा खेल्दै हिनेकी हुम,
बनजङगल खोलानाला तर्दै सन्सार चिनेकी हुम !
त्यसैले त आमा जस्तै प्यारो लाग्छ मलाई धर्ति,
देश दुख्दा माटो समाई तिम्रै धड्कन सुनेकी हुम !!

मुक्तक – ३
फेरि उस्तै चाल तिम्रो क्यारी बिश्वास गरु र म,
यसै ठिक छ किन त्यहि भुमरीमा परु र म !
ह्रदयका अनगिन्ती रहरहरु सेलाई सके,
चट्टाङ भयो मन केलाई आसु बनि झरु र म !!

✍️अम्बिका भण्डारी
अन्नपूर्ण-२ ढिकुर पोखरी।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...