News Portal

मकाउबाट ११ जना नेपाली नागरिक लामो ट्रान्जिट पोईन्ट झेल्दै स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
११८५ पटक

मकाउ – कोरोना भाइरसका कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएको र विभिन्न कारणले १३ जना नेपाली नागरिकहरुले नेपाल फर्कन इच्छा व्याक्त गरेका मध्य आज ११ जना नेपाली नागरिक हङकङ,थाईलैण्ड, दुबई हुदै काठमाण्डौ अवतरण गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङका अनुसार मकाउबाट यो पाँचौ उडान हो। मकाउबाट नेपाल फर्कन चाहानु भएका १३ जना नेपाली नागरिकहरु मध्य आज ११ जना नेपाली नागरिक आज हङकङ, थाईलैण्ड, दुबई हुदै स्थानीय समय अनुसार ६:०० बजे नेपाल अवतरण गर्ने हिमालीसंचारसंगको कुराकानीमा बताएका छन् ।

संघका अध्यक्ष गुरुङका अनुसार  मकाउबाट स्थानीय समय अनुसार १५:३० बजे हङकङको अन्तराष्ट्रिय विमनस्थलका लागि प्रस्थान गरेर हङकङबाट स्थानीय समय अनुसार ८:३५ बजे थाईलैण्ड उडान हुने तालिका रहेको छ । नेपाली महावाणिज्यदूतावास हङकङले व्यावस्था गरेको बस मार्फत हङकङका अन्तराष्ट्रिय विमानस्थलसम्मको व्यावस्था मिलाएको छ।

यो विषय परिस्थितिको सम्पूर्ण व्याबस्था नेपाली महावाणिज्य दूतावास हङकङले मकाउ तथा हङकङका अध्यागमन विभाग संग आवश्यक समन्वय गरेको छ।  हङकङ सरकारले लागु गरेको भिसा साथै क्वारेन्टाईनको सम्पूर्ण व्याबस्था नेपाली महावाणिज्य दूतावास हङकङले गरेको हुदा मकाउबाट नेपाल जाने नेपाली नागरिकले सम्पूर्ण आवश्यक तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...