News Portal

गंगाजमुना गाउँपालिकामा लगाएको ताला अझै खुलेन जनप्रतिनिधि सहित कर्मचारी हाजिरी गर्ने व्यवस्था मिलाइदिन सदरमुकाममा

हिमालीसंचार संवाददाता
६०१ पटक

धादिङ– गंगाजमुना गाउँपालिकामा भ्रष्टाचार भएको विषय लिएर गाउँपालिकामा ताला लगाएको पनि आज ५ अाै दिन भयो ।न अहिलेसम्म कार्यालय खोल्न सकेको छ न भ्रष्टाचार आरोप लागेको व्यक्तिलाई पक्रेर कारवाही हुन सकेको छ । पहिलेदेखि नै आफ्नो पालिकामा भ्रष्टाचार भएको दाबी गर्दै आएका स्थानीयबासीले हिसाब किताब पारदर्शीरुपमा देखाउन माग गरे ।

स्थानीयले सूचनाको अधिकार प्रयोग गर्दै धादिङको गंगा जमुना गाउँपालिकामा निरन्तर हिसाब किताब माग गर्न थालेपछि कर्मचारीहरुले ‘काम गर्ने वातावरण नभएको’ भन्दै काम छाडे । जनप्रतिनिधिसहित कर्मचारीले काम छाडेर जिल्ला प्रशासन कार्यालयमा हाजिरी गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै सदरमुकाम पुगेपछि स्थानीय झन् आक्रोसित भएका छन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै आफ्नो अडानबाट पछाडि नहट्ने संकेत गरेका छन् ।फागुन ४ गते धादिङको गंगा जमुना गाउँपालिकामा कार्यरत इञ्जिनियर पूजा कार्कीलाई अख्तियारबाट खटिएको विशेष टोलीले निजी निवासबाटै पक्राउ गरेको थियो ।

कर्मचारीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन माग गर्दै आएका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरिएका छन् । जसका कारण सबै सरकारी काम ठप्प भएको छ ।

गाउँपालिकामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीयहरुले आवाज उठाउन थालेपछि कर्मचारीहरु कार्यालय नै छाडेर हिडेको आरोप स्थानीयहरुको छ । गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि र भेटनरी शाखाहरुमा अनियमिता भएको भन्दै स्थानीयहरुले सूचनाको हक प्रयोग गरी हिसाब किताब सार्वजनिक गर्नु पर्ने माग गरेका छन् ।

गाउँपालिका कर्मचारीविहीन भएपछि स्थानीयहरुले भ्रष्टाचार रोक्नु पर्ने र यसभन्दा पहिलेको हिसाब किताब सार्वजनिक गर्नु पर्ने भन्दै गाउँपालिकाको कार्यालय घेराबन्दी गरी आन्दोलित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...