News Portal

गंगाजमुना गाउँपालिकामा लगाएको ताला अझै खुलेन जनप्रतिनिधि सहित कर्मचारी हाजिरी गर्ने व्यवस्था मिलाइदिन सदरमुकाममा

हिमालीसंचार संवाददाता
६५१ पटक

धादिङ– गंगाजमुना गाउँपालिकामा भ्रष्टाचार भएको विषय लिएर गाउँपालिकामा ताला लगाएको पनि आज ५ अाै दिन भयो ।न अहिलेसम्म कार्यालय खोल्न सकेको छ न भ्रष्टाचार आरोप लागेको व्यक्तिलाई पक्रेर कारवाही हुन सकेको छ । पहिलेदेखि नै आफ्नो पालिकामा भ्रष्टाचार भएको दाबी गर्दै आएका स्थानीयबासीले हिसाब किताब पारदर्शीरुपमा देखाउन माग गरे ।

स्थानीयले सूचनाको अधिकार प्रयोग गर्दै धादिङको गंगा जमुना गाउँपालिकामा निरन्तर हिसाब किताब माग गर्न थालेपछि कर्मचारीहरुले ‘काम गर्ने वातावरण नभएको’ भन्दै काम छाडे । जनप्रतिनिधिसहित कर्मचारीले काम छाडेर जिल्ला प्रशासन कार्यालयमा हाजिरी गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै सदरमुकाम पुगेपछि स्थानीय झन् आक्रोसित भएका छन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै आफ्नो अडानबाट पछाडि नहट्ने संकेत गरेका छन् ।फागुन ४ गते धादिङको गंगा जमुना गाउँपालिकामा कार्यरत इञ्जिनियर पूजा कार्कीलाई अख्तियारबाट खटिएको विशेष टोलीले निजी निवासबाटै पक्राउ गरेको थियो ।

कर्मचारीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन माग गर्दै आएका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरिएका छन् । जसका कारण सबै सरकारी काम ठप्प भएको छ ।

गाउँपालिकामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीयहरुले आवाज उठाउन थालेपछि कर्मचारीहरु कार्यालय नै छाडेर हिडेको आरोप स्थानीयहरुको छ । गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि र भेटनरी शाखाहरुमा अनियमिता भएको भन्दै स्थानीयहरुले सूचनाको हक प्रयोग गरी हिसाब किताब सार्वजनिक गर्नु पर्ने माग गरेका छन् ।

गाउँपालिका कर्मचारीविहीन भएपछि स्थानीयहरुले भ्रष्टाचार रोक्नु पर्ने र यसभन्दा पहिलेको हिसाब किताब सार्वजनिक गर्नु पर्ने भन्दै गाउँपालिकाको कार्यालय घेराबन्दी गरी आन्दोलित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...