News Portal

गंगाजमुना गाउँपालिकामा अनुदानकाे सामानमा नै भ्रष्टाचार

हिमालीसंचार संवाददाता
२२५० पटक

धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको सामग्री पालिकामा काम गर्ने कर्मचारी रबिन्द्र थापा र पारस अधिकारी दुबै मिलेर बेचिएको खुलसा भएको छ। नेपाल सरकारबाट अनुदानमा आएको हाते ट्याक्टर र कृषि अाैजार बेचदा समेत गाउँपालिकालाई थाहा भएन। गंगाजमुना गाउँपालिका बडा नम्बर ५ स्थित स्थानीय बासिन्दा शम्भु सिम्खडाले सबुत प्रमाणसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिएकाे छ।

कार्यकारी अधिकृतले कारबाही अगाडी बढाउनु भन्दा पहिले नै कार्यकारी अधिकृतलाई गाउँपालिकाबाट सरुवा गराइयो । गाउँपालिकामा कारबाहीको लागि निवेदन दिएका व्यक्ति गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीका भान्जा पारस अधिकारी र अर्को व्यक्ति वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र अधिकारीकाे ज्वाइँ रबिन्द्र थापा हुन् ।

यी दुबै जना व्यक्तिलाई कारवाही गर्नुपर्छ भनेर स्थानीय व्यक्ति शम्भु सिम्खडाले निवेदन दिएकाे छ । तर बिडम्बना यी दुवै जना व्यक्तिलाई गाउँपालिकाले कारबाही नगरेर गुम्दी र बसेरीमा सरुवा गरेकाे छ । स्थानीय सरकार जनताकाे हितमा छ भने दुवैजनालाई गाउँपालिकाले कारबाही गरेर देखाउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...