News Portal

गंगाजमुना गाउँपालिकामा अनुदानकाे सामानमा नै भ्रष्टाचार

हिमालीसंचार संवाददाता
२१४४ पटक

धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको सामग्री पालिकामा काम गर्ने कर्मचारी रबिन्द्र थापा र पारस अधिकारी दुबै मिलेर बेचिएको खुलसा भएको छ। नेपाल सरकारबाट अनुदानमा आएको हाते ट्याक्टर र कृषि अाैजार बेचदा समेत गाउँपालिकालाई थाहा भएन। गंगाजमुना गाउँपालिका बडा नम्बर ५ स्थित स्थानीय बासिन्दा शम्भु सिम्खडाले सबुत प्रमाणसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिएकाे छ।

कार्यकारी अधिकृतले कारबाही अगाडी बढाउनु भन्दा पहिले नै कार्यकारी अधिकृतलाई गाउँपालिकाबाट सरुवा गराइयो । गाउँपालिकामा कारबाहीको लागि निवेदन दिएका व्यक्ति गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीका भान्जा पारस अधिकारी र अर्को व्यक्ति वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र अधिकारीकाे ज्वाइँ रबिन्द्र थापा हुन् ।

यी दुबै जना व्यक्तिलाई कारवाही गर्नुपर्छ भनेर स्थानीय व्यक्ति शम्भु सिम्खडाले निवेदन दिएकाे छ । तर बिडम्बना यी दुवै जना व्यक्तिलाई गाउँपालिकाले कारबाही नगरेर गुम्दी र बसेरीमा सरुवा गरेकाे छ । स्थानीय सरकार जनताकाे हितमा छ भने दुवैजनालाई गाउँपालिकाले कारबाही गरेर देखाउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...