News Portal

  • वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना अचेत अवस्थामा, फर्काउन पहल

    हिमालीसंचार संवाददाता
    १११ पटक

    काठमाडौँ – वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ।

    बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४/४, र ओमान, यूएई, जापानमा १/१ जना कामदार कोमामा छन्। बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कार्यस्थलमा दुर्घटनामा परी कोमामा पुग्ने गरेको बताए। त्यस्ता नेपाली फर्काउन गृहकार्य भएपनि प्राविधिक कारणले समस्या भएको उपसचिव सुवेदीको भनाइ छ।

    औसत दैनिक १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जान्छन्। कोरोना भाइरस महामारीले केही प्रभावित भएपनि जाने क्रम रोकिएको छैन तर, धन कमाएर सुखसयलमा जीवन बिताउने सपना साँचेर बिदेशिने नेपालीमध्ये दैनिक तीन जना शव बनेर बाकसमा फर्किन्छन्। कतिपय अंगभंग भएर वैदेशिक रोजगारीको खोट लिएर आउँछन्।

    वैदेशिक रोजगारीका क्रममा कोही नेपाली अंगभंग तथा मृत्यु भए बोर्डले कोषबाट ७ लाख रुपैयाँ सहायता दिन्छ तर, गैरकानुनी हैसियतमा रहेका, अवैध बाटोबाट विदेश गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरूको हकमा लागू हुँदैन।

    गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.बद्री केसीले वैदेशिक रोजगारीमा रहेका कामदार अंगभंग भई काम गर्न बाध्य हुने गरेको बताए। ‘कतिपय कामदार कोमामा छन्’, संघको वैदेशिक रोजगार तथा कल्याणकारिणी समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डा.केसीले भने, ‘उनीहरूलाई फर्काउन पहल गर्नुपर्छ।’

    कोरोना महामारीका बेला रोजगार गुमाई अलपत्र परेका नेपालीलाई उद्धार गर्ने, राहत दिने, फर्काउन पहल गर्नेलगायत काम संघले गर्दै आएको केसीले बताएको समाचार आजको अन्नपूर्णपोष्टदैनिकमा छ।

    प्रतिकृया दिनुहोस्

    पूर्व माओवादी केन्द्रका मन्त्रीहरु ओलीसँगै रहने, पार्टीको कार्यवाही गरे सामना गर्ने

    काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी...

    आज वि.सं २०७७ साल फागुन २५ गते, सन् २०२१ मार्च ९ तारिख मंगलवार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो,...

    काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कुवेत शाखा प्रमुखमा मन्जित राई नियुक्त

    कुवेत – नेपाली काँग्रेस पार्टीसँग आवद्ध भई बिदेश स्थित सबै नेपाली जनसम्पर्क समितिहरु पार्टीको केन्द्रीय...

    मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

    मकाउ – मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस एक...

    आजभोलि खै किन हो

    विश्वासका रैथाने थाङ्ग्राहरूमा भ्रमका काउछोहरू अपव्याख्या लहरिँदै गर्दा निम्बस फुलेको आकाशमुनि भाग्यको कुंडो उग्राइरहेका आमाहरू...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।