News Portal

निर्वाचन आयोगले खोस्यो माधव नेपालको अध्यक्ष पद

हिमालीसंचार संवाददाता
५६८ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ। सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ।

प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर तत्कालै नेता नेपाललाई अध्यक्ष बनाएको थियो। नेपाललाई अध्यक्ष बनाउन हतार गरेपनि आयोगले सो निर्णयले बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि नेपालको अध्यक्ष पद पनि खोसिएको छ।

आयोगका अनुसार नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ। पुरानै विवरणहरु यथावत रहेको भनेपछि नेता नेपालको अध्यक्ष पद पनि एक महिनाभित्रै खोसिएको हो। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो।

नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल सक्रिय रहनु भएको थियो। पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र नेता नेपालको अध्यक्ष बन्ने लालसा मिलेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो।

दुई जनाको स्वार्थ मिलेपछि विधान विपरित ओलीलाई कारवाही गर्ने र आफु अध्यक्ष बन्ने सपना बोकेर नेता नेपालले पार्टी विभाजनमा लैजानु भएको थियो तर, आयोगको पछिल्लो निर्णयसँगै उहाका सपनामाथी ब्रजपात भएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...