News Portal

केपी ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : नेता भट्टराई

हिमालीसंचार संवाददाता
४९९ पटक

इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कम्युनिस्ट पार्टीको कार्यकर्ता विचार र सिद्धान्तबाट निर्देशित हुने बताउँदै उनले छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्न नहुने तर्क गरे । “प्रधानमन्त्री ओली मनपरी र स्वेच्छाचारी ढङ्गले अगाडी बढ्नु भएको छ । उनले भने, विवेकशील मान्छेले प्रधानमन्त्रीको हुकुम मान्न सक्दैनन् ।”

पार्टीको स्थायी कमिटीमा छलफल गरौँ भन्दा भाग्ने काम गरेको भन्दै उनले आफू माथि उठेका प्रश्नको जवाफ माग्दा संसद् विघटन गर्ने दुस्साहस गरेको बताए ।

“अहिले दुवै समूहबाट भएका कार्यक्रममा कति श्रम र खर्च लगानी भएको छ। यदि केही दिन छलफल गर्दिएको भए यत्रो रुवावासी गर्नुपर्ने थिएन । उनले भने, प्रत्येक पार्टी नेता तथा सदस्यले इज्जतको साथ काम गर्ने वातावरण होस । उमेर हद लगाएर एउटा व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरौँ भन्ने मेरो बुझाइ छ ।”

अहिलेको लडाइ प्रचण्ड नेपाल र ओली बिचको नभई प्रतिगामी कदमको विरुद्धको आवाज रहेको बताए । सूर्य चिन्ह कसले पाउने भन्ने बारे राजनैतिक दल सम्बन्धी ऐन को दफा ४४ ले भने अनुसार हुने उनको भनाइ छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...