News Portal

सद्भावको ११ औ बार्षिकउत्शव साधारणसभामा रंगेलीका पत्रकार सम्मानित

रवीन्द्र बराल एभिन्यूज तथा हिमाली संचार डटकमका सम्बादाता हुन्

हिमालीसंचार संवाददाता
४६६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको ११ औ वार्षिकोत्सव साधारणसभा सम्पन्न गरेको छ।

सहकारीले आफ्नै भवनमा उक्त कार्यक्रमको आयोजना गरेको  थियो। साधारणसभामा आर्थिक बर्ष ७६/७७ सालको आयव्यय प्रस्तुत समेत गरिएको  थियो । संस्थाले कुल ६ करोड ९६ लाख   १८ हजार ६ सय ५१ रुपैया लगानी गरेको छ ।  संस्थाले  १ करोड  २८ लाख ९८ हजार ८० रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोडौं १६ लाख     हजार ८ सय ५२  रुपैया गरेको छ । 

संस्थाले १२ लाख २९ हजार ५ सय २७  रुपैया शुद्ध मुनाफा समेत  गरेको छ । कार्यक्रमको  बार्षिक  प्रतिवेदन संस्थाको तर्फबाट  संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुका साथै लेखा  समितीका तर्फबाट लेखा प्रतिवेदन लेखा  संयोजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाको ९ सय ७० जना शेयर सदस्य रहेको छ । 

संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, कोभिड ऋिण र फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा संस्थाले हिमालीसंचार डटकम तथा एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान-पत्र समेत हस्तान्तरण गरेका थिए ।  

सस्थाले जेष्ठ सेयर सदस्य केशव गंगोत्री, र महिला तर्फ सत्यभमा साह, सम्पन्न भएका छन ।  त्यसैगरी यस बर्षदेखि बालबचत  दीक्षा कुमारी ठाकुर उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी, स्थानीय युवा उघामी अशोपत्ती मंण्डललाई समेत सम्मान गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि  प्रदेश नम्बर १ का  सहकारी विभागका  रजिस्टार बलराम निरौला,  विशिष्ट अतिथि रंगेली नगरपालिकाको दिलिप बगडिया, तोयीनाथ तिमल्सिना , कोशी अनलाइनका अध्यक्ष प्रभात खड्का, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, श्री प्रसाद ठाकुर, लगायतको उपस्थिति समेत रहेको थियो ।  संस्थाका  ऋिण समितका संयोजक कामदेव मंण्डलले  स्वागत मन्तव्य दिएका थिए । आयोजित कार्यक्रम सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...