News Portal

सद्भावको ११ औ बार्षिकउत्शव साधारणसभामा रंगेलीका पत्रकार सम्मानित

रवीन्द्र बराल एभिन्यूज तथा हिमाली संचार डटकमका सम्बादाता हुन्

हिमालीसंचार संवाददाता
३८८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको ११ औ वार्षिकोत्सव साधारणसभा सम्पन्न गरेको छ।

सहकारीले आफ्नै भवनमा उक्त कार्यक्रमको आयोजना गरेको  थियो। साधारणसभामा आर्थिक बर्ष ७६/७७ सालको आयव्यय प्रस्तुत समेत गरिएको  थियो । संस्थाले कुल ६ करोड ९६ लाख   १८ हजार ६ सय ५१ रुपैया लगानी गरेको छ ।  संस्थाले  १ करोड  २८ लाख ९८ हजार ८० रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोडौं १६ लाख     हजार ८ सय ५२  रुपैया गरेको छ । 

संस्थाले १२ लाख २९ हजार ५ सय २७  रुपैया शुद्ध मुनाफा समेत  गरेको छ । कार्यक्रमको  बार्षिक  प्रतिवेदन संस्थाको तर्फबाट  संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुका साथै लेखा  समितीका तर्फबाट लेखा प्रतिवेदन लेखा  संयोजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाको ९ सय ७० जना शेयर सदस्य रहेको छ । 

संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, कोभिड ऋिण र फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा संस्थाले हिमालीसंचार डटकम तथा एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान-पत्र समेत हस्तान्तरण गरेका थिए ।  

सस्थाले जेष्ठ सेयर सदस्य केशव गंगोत्री, र महिला तर्फ सत्यभमा साह, सम्पन्न भएका छन ।  त्यसैगरी यस बर्षदेखि बालबचत  दीक्षा कुमारी ठाकुर उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी, स्थानीय युवा उघामी अशोपत्ती मंण्डललाई समेत सम्मान गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि  प्रदेश नम्बर १ का  सहकारी विभागका  रजिस्टार बलराम निरौला,  विशिष्ट अतिथि रंगेली नगरपालिकाको दिलिप बगडिया, तोयीनाथ तिमल्सिना , कोशी अनलाइनका अध्यक्ष प्रभात खड्का, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, श्री प्रसाद ठाकुर, लगायतको उपस्थिति समेत रहेको थियो ।  संस्थाका  ऋिण समितका संयोजक कामदेव मंण्डलले  स्वागत मन्तव्य दिएका थिए । आयोजित कार्यक्रम सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...