News Portal

विशाल भट्टराईको पालिकामा नेकपामा पहिरो, सयौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१३ पटक

खोटाङ – खोटाङ जिल्लामा नेपाली कांग्रेस युवा नेता रविप्रकाश राईले १ सय जना युवा नेकपा परित्याग गरेकालाई नेपाली कांग्रेस प्रवेश गराएका छन।

नेपाली कांग्रेस केन्द्रिय सर्कुलर अनुसार देशव्यापी वडाहरुमा आयोजित वडा स्तरिय विरोध कार्यक्रमको अवसर पारेर खोटेहाङ गाउपालिका वडा नं १ लिकुवापोखरी साथै वडा नं ३ सावाकटहरेमा नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर नेकपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन। युवा नेता राईले सावा कटहरेमा ५५ जना साथै लिकुवापोखरिमा ४५ जनालाई पार्टीमा प्रवेश गराएका हुन।

खोटाङ जिल्लामा नेकपाको गढका रुपमा चिनिएका वडाहरुबाट नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका कारण नेकपालाई ठूलो धक्का पुगेको छ। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई स्वागत गर्दै युवा नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको धटनाले पुष्टि गर्ने बताए। जनता कोरोनाको पिडाले आक्रान्त हुदा कोरोना भाइरसको रोकथाममा आवश्यक किटहरुमा समेत भ्रष्टाचार गरेका कारण नेपालका कम्युनिष्टले कात्रोमा समेत भ्रस्टाचार गर्ने निती राखेको युवा नेता राईले बताए। 

नेता राईले थपे, “कम्युनिष्टलाई जनताले ऐतिहासिक अवसर दिएको तर उक्त अवसरलाई कम्युनिष्टहरुले वालुवामा पानी हाले सरह अर्थहिन मुल्यांकन गरेका छन।  नेपाली जनताको विकास र समृद्धिको सहयात्री केवल नेपाली कांग्रेस मात्र भएको कम्युनिष्टहरुले फेरि एकपटक पुष्टि गरिसकेका छन।”

नवप्रवेशीहरुलाई ढाडस दिदै नेता राईले, यो देश विकासको यात्रामा कांग्रेसको मुल बाटोमा समाहित हुँदै समुन्नत नेपाल निर्माणको अभियानमा जोडिएकामा शुभकामना दिदै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे। 

सभामा उपस्थित सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्दै नेता राईले देश विकासको कांग्रेसको सपना साकार गर्न आफू नेतृत्व दिन तयार रहेको समेत सभामा जानकारी गराए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...