मकाउमा नेपाली महिलाहरुले चाइनिज नयाँ बर्ष भव्य मनाउने

मकाउ – मकाउमा नेपाली समुदायले एक पछि अर्को चाड, पर्व र संस्कृति मनाउने क्रममा यसपाली नेपाली महिला दिदि बहीनीहरुले चाइनिज नयाँ बर्ष भव्य मनाउने भएका छन् ।
मकाउमा पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम ८८४८ नेपाली रेष्टुरेन्टमा आयोजना हुन लागेको हो। नेपाली सांस्कृतिक आदान-प्रदान कार्यक्रम आयोजना गरेर चाइनिज नयाँ बर्ष मनाउने तयारी भई रहेको नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले हिमालीसंचारसगको विशेष कुराकानीमा जानकारी दिएकी छिन् ।
संयोजक थापा मगरका अनुसार मकाउमा रहनु भएका तमाम नेपाली दिदि बहिनीहरु भेला भएर चाइनिज नयाँ बर्षको अबसरमा मिठो नेपाली परिकार, नेपाली स्वादिष्ट खाना सहित नाच, गान सहितको सांस्कृतिक कार्यक्रम रहने समेत बताएकी छिन्। मकाउमा बसोबस गरिरहेका नेपाली दिदि बहिनीहरुले मकाउको चाडपर्वलाई पनि सम्मन गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गर्न लागिएको संयोजक थापा मगरले जानकारी दिएकी हुन्।
कार्यक्रम आगामी (7th feb 2021) समय दिउसो १ बजेदेखि साँझ ८ बजेसम्म र प्रवेश शुल्क मोप १८०/- (एक सय असी मात्र) राखिएको छ। उक्त कार्यक्रमको विशेष जानकारी ८८४८ नेपाली रेष्टुरेन्टमा सम्पर्क गरेर लिन सकिने आयोजकले बताएको छ।











