News Portal

भारत्तोलनका विश्व विजेता रुप कार्कीको निधन

हिमालीसंचार संवाददाता
८२१ पटक

काठमाडौ– भारत्तोलनका स्वर्णपदक विजेता रुप कार्कीको निधन भएको छ। नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको श्रोतले बताएको छ ।

कार्की शरीर बनाउन कुनै औषधीको सेवन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण विजेता नेपालको नाम विश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाइ उनले स्वर्णपदक प्राप्त गरेका थिए ।

चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडी पारेर स्वर्ण जितेका हुन्। नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए । अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका थिए।

सन् २००९ देखि भारत्तोलनको अभ्यास शुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय थिए। कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताएका थिए। बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा बसाई सरेर आएको हो।

भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भनेका थिए, ‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु। खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ।’ अभियानमा जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता चुम्न सफल भएको उनले बताएका थिए। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...