News Portal

वैशाखका लागि घोषित चुनाव मंसिरमा सार्ने तयारी

हिमालीसंचार संवाददाता
५५३ पटक

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घोषित मध्यावधि निर्वाचन मिति सार्ने तयारी गरेका छन्। विविध कारणले वैशाखमा निर्वाचन नहुने लक्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मंसिरका लागि अर्को चुनावको मिति घोषणा गर्ने गृहकार्य भइरहेको छ ।

प्रतिनिधिसभा विटघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा, निर्वाचन आयोगमा नेकपाका दुई समूहमध्ये कसलाई आधिकारिता दिने भन्नेबारे देखिएको अन्यौल, ओली समुह बाहेक सबै दल र नागरिक समाजले आन्दोलन घोषणा गरेको र आर्थिक अभावलाई बहाना बनाएर निर्वाचन मिति सार्ने तयारी भएको हो । 

‘विविध कारणले वैशाखमा निर्वाचन हुने देखिँदैन’, ती मन्त्रीले भने, ‘अब मंसिरमा गर्ने गरी अर्को मिति घोषणा हुन्छ। प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएको भन्दै गत ५ पुसमा प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचन घोषणाका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । 

राष्ट्रपतिले संसद विघटनको सिफारिस सोही दिन सिदर गर्दै १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । नेकपाको प्रचण्ड – नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालगायतका दलले ओलीले निर्वाचन गर्नका लागि नभई सत्ता लम्ब्याउन मात्र निर्वाचन घोषणा गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको आरोपलाई नै पुष्टि गर्ने गरी निर्वाचन मिति परिवर्तन गर्ने तयारी भएको हो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...