News Portal

सप्तरीमा जनता समाजवादी पार्टीको बृहत सभा

हिमालीसंचार संवाददाता
७१३ पटक

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध जसपाले सडक आन्दोलन थालेको थियो । जसपाले दोस्रो चरणको आन्दोलन भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन र विरोध सभाको कार्यक्रम राखेको थियो ।

विरोध सभा गत पुस २५ गतेदेखि माघ ७ गतेसम्मका लागि तय गरिएको थियो । जसपाको घोषित आन्दोलन अनुरुप अन्तिम दिन बुधबार राजविराजको राजरंगशालामा बृहत कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा हजारौ मानिसहरुको सहभागिता थियो । सभालाई जसपाका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले विशेष सम्बोधन गरेका थिए ।

जसपाले बुधबार कैलालीको टीकापुरमा पनि विरोध सभाको आयोजना गरेको छ । जसमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरेका छन् । माघ ७ गते देशका सबै जिल्लाको सदरमुकामा प्रदर्शन गर्ने जसपाको घोषणा थियो । बुधबार काठमाडौंको रत्नपार्क पनि जुलुस तथा विरोधसभा गरिएको छ । जसमा जसपाका नेतृ हिसिला यमीले सम्बोधन गरेकी छन् । यो संगै जसपाको दोस्रो चरणको आन्दोलन पुरा भएको छ । जसपाले संसद पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...