News Portal

सप्तरीमा जनता समाजवादी पार्टीको बृहत सभा

हिमालीसंचार संवाददाता
६१३ पटक

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध जसपाले सडक आन्दोलन थालेको थियो । जसपाले दोस्रो चरणको आन्दोलन भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन र विरोध सभाको कार्यक्रम राखेको थियो ।

विरोध सभा गत पुस २५ गतेदेखि माघ ७ गतेसम्मका लागि तय गरिएको थियो । जसपाको घोषित आन्दोलन अनुरुप अन्तिम दिन बुधबार राजविराजको राजरंगशालामा बृहत कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा हजारौ मानिसहरुको सहभागिता थियो । सभालाई जसपाका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले विशेष सम्बोधन गरेका थिए ।

जसपाले बुधबार कैलालीको टीकापुरमा पनि विरोध सभाको आयोजना गरेको छ । जसमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरेका छन् । माघ ७ गते देशका सबै जिल्लाको सदरमुकामा प्रदर्शन गर्ने जसपाको घोषणा थियो । बुधबार काठमाडौंको रत्नपार्क पनि जुलुस तथा विरोधसभा गरिएको छ । जसमा जसपाका नेतृ हिसिला यमीले सम्बोधन गरेकी छन् । यो संगै जसपाको दोस्रो चरणको आन्दोलन पुरा भएको छ । जसपाले संसद पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...