News Portal

मकाउबाट आज नेपाल एयरलाइन्सको जहाज मार्फत १ सय ४७ जना नेपाली नागरिक स्वदेश फर्किए

१ सय ४७ जनायात्रुहरु मध्ये, २ जना शिशुहरु र १ जना वोनम्यारो विरामी रहेका छन्

हिमालीसंचार संवाददाता
१४६४ पटक

मकाउ – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।

मकाउमा पहिलो पटक नेपाल एयरलाइन्सको “आरए-४०५२” न्यारोबडी जहाज मकाउमा अवतरण गरेको हो। कोरोना महामारीका कारण मकाउ सरकारले हवाई सेवामा पूर्णरुपमा प्रतिबन्ध लगाएको कारण मकाउ अन्तराष्ट्रिय विमान स्थलमा कार्यरत नेपाली सुरक्षाकर्मीहरुको समेत रोजगारी गुमेका थिए। 

मकाउ-हङकङ हुदै तेस्रो पटक उडान भई सकेको छ। आज मकाउ अन्तराष्ट्रिय विमान स्थलबाट चौथो उडान मार्फत १ सय ४७ जना यात्रुहरु मध्ये २ जना शिसु र १ जना बोनम्यारो विरामी सहित नेपाली नागरिकहरु स्वदेश फर्केका नेपाली महावाणिज्यदूतावास हङकङले जनाएको छ। 

मकाउ-काठमाडौ सिधा उडान नहुदा नेपाली नागरिकहरु  मकाउमा श्रम गर्नका लागि चीन, मलेशिया, थाईलैण्ड र हङकङ ट्रान्जिट प्रयोग गरी समुन्द्रीमार्ग र विश्वकै लामो सामुन्द्रिक पुलको प्रयोग गरेर मकाउ आउने गरेका छन्। पछिल्लो समय हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउमा श्रम गर्न आउने यात्रुहरु समेत प्रभावित भइरहेका छन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हो ।

नेपाल एयरलाइन्सको जहाजबाट आज मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौ-मकाउ उडान मार्फत उद्धार गरेको हो। विगत लामो समयदेखि स्वदेश फर्कन नपाउदा नेपाली नागरिकले दुख कष्ट झेल्नु परिरहेको थियो।नेपालमा रहनु हुने ९ जना मकाउ आईडी वाहकहरु नागरिक उड्डयन प्राधिकरण साथै मकाउ स्वास्थ्य ब्यूरोले अनुमति नदिएको कारण यस फालाईट मार्फत मकाउ आउन नसकेको नेपाली वाणिज्यदूतावास हङकङले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...