News Portal

नेपाल एयरलाइन्स न्यारोबडी भोली मकाउ आउने, १ सय ४७ जना नेपाली काठमाण्डौ उड्ने तयारी

हिमालीसंचार संवाददाता
१७०२ पटक

मकाउ  – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण रोजगारी गुमाएका, भिसा नविकरण नभएका र विभिन्न कारणले भोली २० तारिख मकाउ-काठमाडौ सिधा उडानमार्फत नेपाल र्फकने भएका हुन । मकाउ सरकारले कोरोना भाईरसका कारण हवाई सेवामा रोक लगाएको कारण काठमाण्डौदेखि जहाज रित्तै मकाउ आएर नेपाली नागरिकका लागि उद्धार गर्न लागेको हो।

नेपाल एयरलाईन्सको जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् । निगमका एक अधिकारीका अनुसार ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’

अहिले मकाउ जाने नेपालीले हङकङ र चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् ।  हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित भएका हुन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हो । नेपाल एयरलाइन्सले मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौ ल्याउने तयारी गरेको हो।

त्यस्तै, नेपाल च्याम्बर्स अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मकाउ आईडी वाहक ९ जना नेपालीहरु अहिले नेपालमा रहेका छन्। यो चार्टर फलाइट मार्फत मकाउ आइडी वाहकहरु मकाउ आउन सम्भव नभएको हिमालीसंचारसंगको विशेष कुराकानीमा अध्यक्ष थापा मगरले जानकारी दिएका हुन्। नेपालीहरुका लागि आवश्यक परामर्श र सहयोग गर्न आफु तयार रहेको पनी थापा मगरले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...