News Portal

नेपाल एयरलाइन्स न्यारोबडी भोली मकाउ आउने, १ सय ४७ जना नेपाली काठमाण्डौ उड्ने तयारी

हिमालीसंचार संवाददाता
१६२२ पटक

मकाउ  – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण रोजगारी गुमाएका, भिसा नविकरण नभएका र विभिन्न कारणले भोली २० तारिख मकाउ-काठमाडौ सिधा उडानमार्फत नेपाल र्फकने भएका हुन । मकाउ सरकारले कोरोना भाईरसका कारण हवाई सेवामा रोक लगाएको कारण काठमाण्डौदेखि जहाज रित्तै मकाउ आएर नेपाली नागरिकका लागि उद्धार गर्न लागेको हो।

नेपाल एयरलाईन्सको जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् । निगमका एक अधिकारीका अनुसार ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’

अहिले मकाउ जाने नेपालीले हङकङ र चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् ।  हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित भएका हुन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हो । नेपाल एयरलाइन्सले मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौ ल्याउने तयारी गरेको हो।

त्यस्तै, नेपाल च्याम्बर्स अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मकाउ आईडी वाहक ९ जना नेपालीहरु अहिले नेपालमा रहेका छन्। यो चार्टर फलाइट मार्फत मकाउ आइडी वाहकहरु मकाउ आउन सम्भव नभएको हिमालीसंचारसंगको विशेष कुराकानीमा अध्यक्ष थापा मगरले जानकारी दिएका हुन्। नेपालीहरुका लागि आवश्यक परामर्श र सहयोग गर्न आफु तयार रहेको पनी थापा मगरले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...