News Portal

संरक्षित वनक्षेत्र काँक्रेविहारका जनावर असुरक्षित, घाइते भएर भाग्दै गरेको जरायो बुलबुलेमा भेटियो

हिमालीसंचार संवाददाता
६५५ पटक

सुर्खेत – सुर्खेतस्थित काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वनक्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन्।

काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी विट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भएपनि यहाँका जनावर असुरक्षित भएका हुन्। सोही अनुरुप आईतबार विहानै एउटा जरायो घाइते भएर भाग्दै गरेको बुलबुलेमा भेटिएको छ। जरायोको टाउँकोमा गम्भीर चोट लागेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयका अनुसार घाइते जरायोको उद्दारका लागि डिभिजन वन कार्यालयमा ल्याएको छ। ‘जरायो घाइते अवस्थामा भेटिएको हो’ कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले भने, ‘अहिले कार्यालयमा ल्याएर जरायोको उपचार भईरहेको छ।’ केही समय अगाडीपनि काँक्रेविहार क्षेत्रकै जरायो गोली लागेको अवस्थामा घाइते भेटिएको थियो।

विभिन्न समयमा जनावरकाे चाेरी सिकारी हुने गरेपनि संरक्षण गर्ने निकाय डिभिजन वन कार्यालयले चाँसाे नदेखाउने यस्ता घटना हुने गरेकाे स्थानीयकाे गुनासाे छ। वीरेन्द्रनगरकाे मुटुमै रहेकाे संरक्षित क्षेत्रका जनावर नै असुरक्षित छन’ स्थानीयले भने, ‘वन कार्यालयले यसकाे संरक्षणमा कुनै चाँसाे देखाएकाे छैन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...