News Portal

संरक्षित वनक्षेत्र काँक्रेविहारका जनावर असुरक्षित, घाइते भएर भाग्दै गरेको जरायो बुलबुलेमा भेटियो

हिमालीसंचार संवाददाता
५८७ पटक

सुर्खेत – सुर्खेतस्थित काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वनक्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन्।

काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी विट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भएपनि यहाँका जनावर असुरक्षित भएका हुन्। सोही अनुरुप आईतबार विहानै एउटा जरायो घाइते भएर भाग्दै गरेको बुलबुलेमा भेटिएको छ। जरायोको टाउँकोमा गम्भीर चोट लागेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयका अनुसार घाइते जरायोको उद्दारका लागि डिभिजन वन कार्यालयमा ल्याएको छ। ‘जरायो घाइते अवस्थामा भेटिएको हो’ कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले भने, ‘अहिले कार्यालयमा ल्याएर जरायोको उपचार भईरहेको छ।’ केही समय अगाडीपनि काँक्रेविहार क्षेत्रकै जरायो गोली लागेको अवस्थामा घाइते भेटिएको थियो।

विभिन्न समयमा जनावरकाे चाेरी सिकारी हुने गरेपनि संरक्षण गर्ने निकाय डिभिजन वन कार्यालयले चाँसाे नदेखाउने यस्ता घटना हुने गरेकाे स्थानीयकाे गुनासाे छ। वीरेन्द्रनगरकाे मुटुमै रहेकाे संरक्षित क्षेत्रका जनावर नै असुरक्षित छन’ स्थानीयले भने, ‘वन कार्यालयले यसकाे संरक्षणमा कुनै चाँसाे देखाएकाे छैन।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...