News Portal

उत्तर कोरियाको शक्तिशाली क्षेप्यास्त्र पनडुब्बी सार्वजनिक

हिमालीसंचार संवाददाता
७९५ पटक

प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र पनि प्रदर्शन गरिएका थिए।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले शपथ ग्रहण गर्नु केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको हो। नाम मात्रको राजनीतिक बैठक बस्ने तथा अन्तर्राष्ट्रिय जगतबाट टाढिएको उत्तर कोरियाका किमले सीधै अमेरिका आफ्नो मुलुकको सबैभन्दा ठूलो शत्रु भएको दाबी गर्ने गरेका छन्।

किम इल सुंग चोकमा आयोजित सैनिक परेडमा स्थल सेना, टैंक र अन्य बख्तरबन्द गाडी, क्षेप्यास्त्र तथा ‘पुकगुकसोंगङ’ नामक यस नयाँ पनडुब्बी प्रक्षेपक प्रदर्शनलाई किमले निकै प्रसन्न मुद्रामा अवलोकन गरेका थिए। उत्तर कोरियाको पारमाणविक हतियार विकास कार्यक्रम नियन्त्रणका लागि विगतमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमसंग दुईपटक भेटवार्ता गरेका थिए।

तर, सिंगापुर र भियतनामको राजधानी हनोईमा भएका ती बैठकले खासै ठोस उपलब्धि दिन सकेका थिएनन्। किमले उत्तर कोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धमा केही फुकुवा गर्न रोखेको प्रस्तावको सुनुवाइ नहुँदा हनोईको किम–ट्रम्प वार्ता त्यसै तुहिन पुगेको थियो।

तैपनि, ट्रम्पले आफ्ना कार्यकालभरि नै किम आफ्नो ‘असल मित्र’ रहेको दाबी गर्दैै आएका थिए। केही दिनअघि मात्र किमले अमेरिकामा जोसुकै राष्ट्रपति बने पनि अमेरिकाको उत्तर कोरियाप्रतिको नीति नबदलिने दाबी गरेका थिए। बाइडेनले उत्तर कोरियासँगको विद्यमान समस्यालाई कसरी सम्बोधन गर्ने हो भन्ने हेर्न अन्तर्राष्टिय जगत उत्सुकताका साथ प्रतीक्षारत छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...