News Portal

चटकशाला

हिमालीसंचार संवाददाता
५२१ पटक

जब जब
तर्कका तानहरू टुटेर
छिरोलिन थाल्दछन्— विचारका गुन्द्रीहरू
तब तब
भीरको डिलमा बसेर
मान्छेले बाट्न थाल्दोरहेछ— गालीका बट्न्यौटाहरू !
जीवनका सारा भरोसाहरू जलाउँदै
ठिक यतिखेर
एउटा चटके नाचिरहेछ— यो चिसो सहरमा !
वर्षौँवर्षदेखि नै
ऊ यही चटक देखाइरहेछ
र महाकालीको पानी सर्लक्कै तर्काएझैँ
चङ्गाचेट पारिरहेछ— करोडौं सपनाहरूको धागो !

यस्तो लाग्छ
चटके सबै कुरा गर्न सक्दछ !
जस्तो कि :
देशको नक्सा लुकाउनु
देशको संविधानमाथि ‘कू’ गर्नु
देशको नक्सा काटेर केक खानु
र देशको बरखी बारेर दिल्लीकी सोनु भेट्नु !

थाहा छ, बकावीर !
तिम्रा कलिला नानीहरू
उल्टो झुण्डिएर तुइन तरेको देखेपछि
पानीजहाजको किस्सा हानेर
ताली पड्काउन अध्यादेश जारी गर्ने
त्यो नकचरो शासक
ठिक यतिखेर
ऊ त्यही झण्डावाल गाडीभित्र मुस्कुराइरहेछ !

जब जब
मष्तिष्कको तलाऊ सुकेर
खडेरी उम्रिन्छ— संवेदनाको फाँटभरि
तब तब
विवेकको दियालो निभाएर
मान्छेले गाउन थाल्दोरहेछ— अँध्यारोका गीतहरू !
अङ्ग-अङ्गमा मात चढेपछि
उसले बिर्सिदोरहेछ— ती पुराना कथाहरू !
ओम्नीले मतायो
एमसिसिले मतायो
र ‘बा’ भन्नेहरूले पनि मताए !
आज ७ महिना ७ दिन
७ घण्टा र सातै पल भएछ
सिंहदरबारभित्र चटके नछिरेको पनि !
सायद
ऊ औधी डराउँछ— मापसे चेक जाँचसँग !

बहुलाउनु पनि यस्तो पो होस्
जस्तो कि :
हँसिया हथौडाको लवेदा बेरेर
एउटा मनोरोगीले मोनोरेलको कुरा गरोस् !

थाहा छ, मि‌नकुमार
तिम्रो खबटे निधार रसाएर
बनेको तलाऊमा
जासुसी डुङ्गा खियाउने त्यो लुटेरा माझी
यतिखेर
बयलगाढामा चढेर
ठोरी यात्रामा निस्किएको छ
र जङ्गलैभरि उफ्रिरहेछन्— रामभक्त हनुमानहरू !

जब जब
स्वार्थको दलदलमा डुबेर
सत्तामा उक्लिन्छन्— व्यवसायिक जुकाहरू
तब तब
कानूनको तोक लाएर
बिक्री गरिँदारहेछन्— आमाका अस्मिताहरू !
विश्वासका हिउँफूलहरू कुल्चिएर
भद्दा चुट्किला सुनाउँदै
सडकमा नाङ्गै हिँडिरहेछ— एउटा अघोरी शासक !
उखुका रसिला लाँक्रा छोडेर
मालिकले सरकार नै किनिदिएपछि
किसानहरू देखिरहेछन्
चिसो ओछ्यानमाथि समाजवादको मिठो सपना !
र नजिकै यतै कतै हुनसक्छ
किपट बक्स थापेर
सम्धी ढोग मनाइरहेछन्— एकहुल तस्करहरू !

चटक त यस्तो पो होस्
जस्तो कि :
फिक्का फिक्का बनून्
प्रोनोग्राफी साइटका सारा नग्नताहरू !

थाहा छ, खुसीराम !
हजारौं सहिदको तस्विर कुल्चिएर
एउटा रोगी तानाशाह
आज पिसाव फेरिरहेछ— गणतन्त्रको शिरबाट !
र जीवनको भीरमुनि बसेर
हामी भने हेरिरहेछौँ
चटकशालाभित्र जिन्दगीको सस्तो मजाक !

प्रथा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...