News Portal

सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

दिनेश थापा
८५४ पटक

सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ बर्षिया उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् ।

भोटसीपाको घटना हो यो । नीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् ।  महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

‘उसको र मेरो घर सँगै हो, एकोहोरो फकायो । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनी डीएसपी विमलराज कँडेलसँग आफ्नो वेदना सुनाइन् ।

महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् । ‘उहाँले केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले उनले भनिन् ।

छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

दुई महिनामा ४ बलात्कार

सिन्धुपाल्चोकमा दुई महिनाका बीचमा बलात्कारका चार घटना भएका छन् । १३ वर्षकी बालिकादेखि ५२ बर्षिया समेत बलात्कारका शिकार भएका छन् । हामीले यो समाचार अनलाइनखबरबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेतको कार्यक्रम विवादमा

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...