News Portal

संगठनमा तदारुकता ल्याउन सकृयता बढाउदै युवा नेता रविप्रकाश

हिमालीसंचार संवाददाता
६७५ पटक

खोटाङ – पछिल्ला केही महिनाहरुदेखि जिल्ला दौडाहामा लागेर जनताको घरदैलोमा पुगेर काङ्ग्रेस निर्माणको अभियानलाई सशक्त पारिरहेका युवा नेताराई पछिल्ला दिनमा प्रदेश सभा क्षेत्र क को ऐसेलुखर्क गाउपालिकामा रहि पार्टीका स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणको घर दैलोमा व्यस्त छन।

नेपालको राजनीतिक सरगर्मी सर्लक्कै बढेको छ। वहुमत प्राप्त सत्ताधारी दल विभाजनको संघरमा पुगेको छ। प्रधानमन्त्रीले पार्टीको आन्तरिक झगडाका कारण सनकका भरमा संसद विघटन गरेका छन। मुलुक एउटा अर्को अनिश्चितकालीन युगमा प्रवेश गर्ने तय भएको स्थिती छ। यस्तोमा जनताको मतलाई कुल्चेर जनघात गर्न उद्दत कम्युनिष्टको पुरानै हर्कत फेरि उदाङ्गो भएको छ।

यहि कम्युनिष्टले गरेको लोकतन्त्र र संविधान माथीको ‘कु’ लाई जनताको घरघर सम्म पुर्याउदै पार्टीको संगठन निर्माणमा व्यस्त छन युवा नेता राई। नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत रहेका राई कम्युनिष्टहरुले जनता प्रती गरेका ज्यादती, अन्याय र वेतिथिलाई जनता माझ पुर्याएर कम्युनिष्टको असली स्वरुप देखाउन लागि परेको बताउछन।

जनता बीच छाएको निराशा र मुर्छित सपनालाई व्युझाउन समेत लागि परेको बताउछन। साथै नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार माघ ३ गते शनिवार गरिने पालिका स्तरिय विरोध कार्यक्रममा ऐशेलुखर्क गाउँपालिकाको नेतृत्व नेता राईले गर्दैछन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...