News Portal

शेयर बजारमा दैनिक नयाँ रेकर्ड

हिमालीसंचार संवाददाता
४५३ पटक

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५५ बिन्दुमा पुगेको छ। कुल २०७ वटा कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपियाँमा खरिद बिक्री भएको छ।

कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमँल्य बढेको छ भने, ३८ वटाको शेयर मूल्य घटेको छ। साथै ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। नेप्सेमा कारोबार भएका १२ समूहमध्ये १० समँहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको छ । त्यस्तै १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने, आरम्भ चौतारी, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै, मल्टिपर्पस फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल एसबीआई बैंक, सिभिल बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

बुधबारको कारोबारमा नेपाल टेलिकमको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपियाँको शेयर किनबेच भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआईसी एसिया बैंकको १५ करोड ९३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...