News Portal

मगर संघ मकाउले पहिलो बार्षिकोत्सवसहित धुमधामले माघे संक्रान्ति मनायो

हिमालीसंचार संवाददाता
१२७९ पटक

मकाउ – मगर संघ मकाउले आज एक कार्यक्रमको आयोजना गरेर मकाउमा आफ्नो पहिलो बार्षिकत्सव सहित आफ्नो मौलिक चाड “माघे संक्रान्ति” भव्य रुपमा मनाएको मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरले जानकारी दिएका छन्।

संघको अध्यक्ष सम्शेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको विशेष अतिथि मगर संघ मकाउका संरक्षक सुदर्शन थापा मगर, प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, अतिथि एनआरएन मकाउ आइसीसी सदस्य शान्तिदेवी अधिकारी, अतिथिहरुमा विभिन्न जातिय संस्थाका प्रमुखहरु र प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।

आयोजित कार्यक्रममा नेपाली महावाणिज्यदूतावास हङकङ/मकाउका राजदूत उदयबहादुर राना मगरले पठाएको शुभकामना सन्देश टेलिभिजन मार्फत उपस्थित सबैलाई देखाइएको थियो। त्यस्तै, मगर संघ हङकङको समेत विशेष शुभकाना रहेको कार्यक्रममा सुनाईएको थियो।

आयोजित कार्यक्रममा माघे संक्रान्तिको अवसरमा परम्परागत रुपमा मगर समुदायले माघे संक्रान्तिको अवसरमा भोजन ग्रहण गर्दै आएका परिकारहरु ध्यु, चाकु, वन तरुल र सेलरोटीलगायतका फलारहरु ग्रहण गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित सम्पूर्णमा शुभकामना आदनप्रदान गरेर मौलिक भेषभूषामा सजिएका समुदायले सालैैजो जस्ता मौलिक गीतमा नाचेर भरपुर मनोरञ्जनसमेत गरेका थिए। 

त्यस्तै, कोरोना महामारीका कारण स्वदेश फर्कन लागेका आफ्ना समुदायका सदस्यहरुलाई मगर संघ मकाउको टि-सर्ट प्रदान साथै सम्मान व्यक्तसमेत गरेका थिए। आयोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...