News Portal

मगर संघ मकाउले पहिलो बार्षिकोत्सवसहित धुमधामले माघे संक्रान्ति मनायो

हिमालीसंचार संवाददाता
११८१ पटक

मकाउ – मगर संघ मकाउले आज एक कार्यक्रमको आयोजना गरेर मकाउमा आफ्नो पहिलो बार्षिकत्सव सहित आफ्नो मौलिक चाड “माघे संक्रान्ति” भव्य रुपमा मनाएको मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरले जानकारी दिएका छन्।

संघको अध्यक्ष सम्शेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको विशेष अतिथि मगर संघ मकाउका संरक्षक सुदर्शन थापा मगर, प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, अतिथि एनआरएन मकाउ आइसीसी सदस्य शान्तिदेवी अधिकारी, अतिथिहरुमा विभिन्न जातिय संस्थाका प्रमुखहरु र प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।

आयोजित कार्यक्रममा नेपाली महावाणिज्यदूतावास हङकङ/मकाउका राजदूत उदयबहादुर राना मगरले पठाएको शुभकामना सन्देश टेलिभिजन मार्फत उपस्थित सबैलाई देखाइएको थियो। त्यस्तै, मगर संघ हङकङको समेत विशेष शुभकाना रहेको कार्यक्रममा सुनाईएको थियो।

आयोजित कार्यक्रममा माघे संक्रान्तिको अवसरमा परम्परागत रुपमा मगर समुदायले माघे संक्रान्तिको अवसरमा भोजन ग्रहण गर्दै आएका परिकारहरु ध्यु, चाकु, वन तरुल र सेलरोटीलगायतका फलारहरु ग्रहण गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित सम्पूर्णमा शुभकामना आदनप्रदान गरेर मौलिक भेषभूषामा सजिएका समुदायले सालैैजो जस्ता मौलिक गीतमा नाचेर भरपुर मनोरञ्जनसमेत गरेका थिए। 

त्यस्तै, कोरोना महामारीका कारण स्वदेश फर्कन लागेका आफ्ना समुदायका सदस्यहरुलाई मगर संघ मकाउको टि-सर्ट प्रदान साथै सम्मान व्यक्तसमेत गरेका थिए। आयोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...