News Portal

करोडौं लागतमा बक्राह खोलामा तटबन्ध 

हिमालीसंचार संवाददाता
५८१ पटक

रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारीदेखि पुर्वतर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिकाकाे पहलमा उक्त खाेलामा तार जाली र ढुंगाकाे तटबन्ध निर्माणकार्य सुरु गरेको छ । साे खाेलामा अहिले ५ सय मिटर लम्बाईमा तटबन्धकाे काम धमाधम निर्माणकार्य सुरु भईरहेकाे छ ।

साे खाेलामा आउने बाडिका कारण बर्षाेनी सयौं बिधा खेत खाेलामा परिणत भएपछि पछिल्लो समयमा उक्त खाेलामा तटबन्धको निर्माणकार्य सुरु भएको हाे । प्रदेश सरकारले पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्राईभेट लिमिटेडलाई ३ करोडौं ७६ लाख ३० हजार ८ सय ३६ रुपैयाँको लागतमा कटान नियन्त्रणका लागि खाेलामा तटबन्ध निर्माणकार्य  ठेक्का दिएको हाे ।

साे खाेलामा तटबन्ध भएपछि अबका दिन हरुमा खेतीयोग्य जमिन सुरक्षित रहने र साे क्षेत्र तथा आसपासमा रहेकाे गाउँ घरमा समेत प्रत्येक बर्ष डुवान हुदै आएता पनि साे खाेलाकाे तटबन्धले केही मात्रामा सुरक्षित रहने र डुवान समेत कम हुने बिष्वास रहेको स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...