News Portal

नेपाली महावाणिज्यदूतावास हङकङको जरुरी सूचना, आश्वासन र प्रलोभनमा नपर्न दूतावासको विशेष आग्रह

हिमालीसंचार संवाददाता
११५४ पटक

युवा राई/ हङकङ – कोरोना भाइरस तथा विभिन्न कारणले मकाउमा रोजगारी गुमाएका नेपालीहरु अहिले नेपाल फर्कन अन्यौल परिरहेको अबस्थामा मकाउदेखि नेपाल सिधा उडान नहुदा मकाउमा रोजगारी गुमाएका नेपालीहरुको उद्धार गर्न समस्या भइरहेको छ। चार्टर विमान मकाउ नै ल्याउने प्रयास भई रहेको हुदा नेपाल फर्कने नेपाली नागरिकहरुले एनआरएन मकाउको कार्यालयमा आफ्नो सम्पूर्ण विवरण टिपोर्ट गर्नका अनुरोध गरेको छ। नेपाली महावाणिज्यदूतावास हङकङले एनआरएनए मकाउलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ। 

नेपाली महावाणिजदूतावास हङकङको सूचनामा भनिएको छ: “रोजगारी गुमाई मकाउमा रहनु भएका नेपाली नागरिकहरुले देखाउनु भएको धैर्यतालाई धन्यवाद छ।  मकाउबाट नेपाल फर्काउने सम्बन्धमा प्रयास भइरहेको जानकारी यहाँहरु समेत सबैलाई विदितै छ। पछिल्लो समयमा बास्तविक रुपमा नेपाल फर्कने यात्रुहरुको संख्या एकिन नभएका कारण वायुसेवा मकाउ ल्याई उद्धार गर्नमा कठिनाई समेत भएको छ।

अतः सोको निवारणका लागि मकाउबाट नेपाल फर्कन कन्सुलेटले उपलब्ध गराएको लिंकमा फारम भर्नु हुने तथा कोही छुट्नु भएको भए आगामी १० जनवरी २०२१ भित्र गैरआवासीय नेपाली संघ मकाउको कार्यालयमा सम्पर्क राखी एनआरएनए मकाउको फोन नम्बर ६८८१०९०४ आफ्नो नाम दर्ता भए नभएको एकिन गराउन हुन तथा नेपाली राहदानीको प्रतिलिपि एक थान बुझाउन हुन अनुरोध छ। उडानको मिति सम्बन्धित व्यक्तिलाई यथाशीघ्र जानकारी गराईने समेत दूतावासको सूचनामा भनिएको छ।

मकाउ स्थित हाम्रा प्रतिनिधिले लिएको जानकारी अनुसार एनआरएनए मकाउले चार्टर्सको विषयमा मिति एकिन नभएको जानकारी प्राप्त भएको छ। संघका अध्यक्ष पुर्ण बहादुर गुरुङका अनुसार नेपाली महावाणिज्यदूतावास हङकङले यस विषयमा जानकारी दिने बताएका छन्। दूतावास हङकङले थप स्पस्ट भनेको छ; “कन्सुलेटको आधिकारिक सूचना विना नेपाल फिर्तीका लागि भनि कसैले विभिन्न आश्वासन वा प्रलोभन देखाई प्रभाव गर्ने कार्य गरेको भए त्यस्ता कार्यमा विश्वास नगर्न” समेत पछिल्लो सूचना जारी गरेर सम्बन्धित सबैलाई दूतावास हङकङले सचेत गरेको छ। त्यस्ता कार्य गरेको पाइएमा दूतावास हङकङलाई सूचना दिन समेत आग्रह गरिएको छ। महावाणिज्यदूतावासको सम्पर्क नं. २३७९७८१३ हटलाइन नं. ९८७९५७५० कार्यालयको समय भित्र सम्पर्क गर्न सकिने दूतावासले उल्लेख गरेको छ।

नेपाली महावाणीज्यदूतावास हङकङले जारी गरेको लिंक तल राखेका छौ।  नेपाली महाबाणिज्य दूतावास हङकङले दिएको लिंक क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...