News Portal

ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरी, सर्वसाधारणमा असुरक्षाको महसुस

हिमालीसंचार संवाददाता
७३३ पटक

अछाम – ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन्। ढकारी प्रहरी चौकीमा कार्यरत सइ लालसिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ।

इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु सुरक्षा भन्दा असुरक्षाको महसुस गर्न थालेको ढकारी गाउँपालिका-२ का प्रकाशबहादुर साउँदले बताउनु भयो। साउँदले भन्नुभयो प्रहरी चौकीका इन्चार्ज गाउँजादा सर्वसाधारणबाट दादागिरी शैलीमा सोझा साझा नागरिकहरु र महिलाहरुबाट पैसा, कुखुरा असुल्ने गरेको बताउनु भयो।

गाउँपालिकाले निषेध गरेको कमशल खालका मदिरा नियन्त्रणको निउमा गाउँजाने इन्चार्ज बिष्टले सोझा महिला तथा बृद्धाहरुबाट तर्काएर पैसा,घरमा पालेका कुखुरा जवरजस्ती उठाएर हिड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन्।

इन्चार्ज बिष्टले ढकारी गाउँपालिका वडा नं. ४ का नरुदेवि बुढाको पसलमा श्रीमान नभएको बेलामा खल्तीमा राखेको पैसा जवरजस्ती हात हालेर लिएको पिडित नरुदेवि बुढाले बताउनु भयो। आफूलाई दम्काएर जवरजस्ती खल्तीमा रहेको पैसा लिएर गएको बताउनु भएको छ।

यस्तै, ढकारी गाउँपालिका-५ का बिरु बुढालाई बिनाकारण धम्काएर घरमा भएको लोकल भाले लिएको रेडियो हाम्रोजाल्पालाई बताउनुभयो। उता प्रहरी चौकी ढकारीका इन्चार्ज बिष्टले नरुदेबि बुढाको खल्तीबाट पैसा झिकेर लिएको स्वीकार गरेका छन्।

साथै, आफुले गल्ती गरेको र माफि माग्न तयार रहेको बताएका छन्। समाजमा शान्ति शुरक्षा कायम गर्नुपर्ने मुख्य दायित्व रहेको नेपाल प्रहरीले यस्ता कार्यहरु गर्दा आमजनसमुदायमा प्रहरीप्रतिको धारणा र बिश्वसनीयता रहिरहला भन्न सकिने अवस्था छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...