News Portal

ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरी, सर्वसाधारणमा असुरक्षाको महसुस

हिमालीसंचार संवाददाता
८२४ पटक

अछाम – ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन्। ढकारी प्रहरी चौकीमा कार्यरत सइ लालसिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ।

इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु सुरक्षा भन्दा असुरक्षाको महसुस गर्न थालेको ढकारी गाउँपालिका-२ का प्रकाशबहादुर साउँदले बताउनु भयो। साउँदले भन्नुभयो प्रहरी चौकीका इन्चार्ज गाउँजादा सर्वसाधारणबाट दादागिरी शैलीमा सोझा साझा नागरिकहरु र महिलाहरुबाट पैसा, कुखुरा असुल्ने गरेको बताउनु भयो।

गाउँपालिकाले निषेध गरेको कमशल खालका मदिरा नियन्त्रणको निउमा गाउँजाने इन्चार्ज बिष्टले सोझा महिला तथा बृद्धाहरुबाट तर्काएर पैसा,घरमा पालेका कुखुरा जवरजस्ती उठाएर हिड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन्।

इन्चार्ज बिष्टले ढकारी गाउँपालिका वडा नं. ४ का नरुदेवि बुढाको पसलमा श्रीमान नभएको बेलामा खल्तीमा राखेको पैसा जवरजस्ती हात हालेर लिएको पिडित नरुदेवि बुढाले बताउनु भयो। आफूलाई दम्काएर जवरजस्ती खल्तीमा रहेको पैसा लिएर गएको बताउनु भएको छ।

यस्तै, ढकारी गाउँपालिका-५ का बिरु बुढालाई बिनाकारण धम्काएर घरमा भएको लोकल भाले लिएको रेडियो हाम्रोजाल्पालाई बताउनुभयो। उता प्रहरी चौकी ढकारीका इन्चार्ज बिष्टले नरुदेबि बुढाको खल्तीबाट पैसा झिकेर लिएको स्वीकार गरेका छन्।

साथै, आफुले गल्ती गरेको र माफि माग्न तयार रहेको बताएका छन्। समाजमा शान्ति शुरक्षा कायम गर्नुपर्ने मुख्य दायित्व रहेको नेपाल प्रहरीले यस्ता कार्यहरु गर्दा आमजनसमुदायमा प्रहरीप्रतिको धारणा र बिश्वसनीयता रहिरहला भन्न सकिने अवस्था छैन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...