News Portal

मकालु साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

सुरेश बिडारी
६८३ पटक

१ असोज, वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा  दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।

आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले बताए ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...