News Portal

गाउँपालिकाले बाँड्यो मदिरा पिउने लाइसेन्स

हिमाली संचार संवाददाता
८१८ पटक

स्थानीय सरकारले के के गर्न लाइसेन्स देला ? व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड-२०७५’ बाँड्न थालेको हो ।

गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन हनुसार साउनदेखि मदिरा पिउन कार्ड बाँड्न थालेको छ । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएका छन् ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवन कार्ड लिन बाषिर्क ५०० रुपैयाँ बुझाउनुपर्छ । यो कार्ड भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन् । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । ‘हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ’ रोकायाले भने । गाउँपालिकाले भने पसलको स्टक र लाइन्सेन्सधारी ग्राहकको संख्याका आधारमा तोकिए अनुसार १८० मिलिलिटर वा त्यसभन्दा बढी मदिरा खाएको अनुगमन गर्ने गरिएको उनले बताए ।

कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना तोकिएको छ ।मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाको दाबी छ ।

‘रक्सी खाएर झगडा गर्दा थुप्रैको ज्यान गएको छ, अहिले पनि मुद्दा मामिला झेल्दै आएका छन्’ उनले भने, ‘गाउँपालिकाले कार्ड सिस्टम लागू गरेपछि गाउँगाउँका महिलाहरु खुसी भएका छन् । कार्यान्वयनमा सहयोग गर्छौ भनेर हामीलाई भनेका छन् ।’

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...