News Portal

संविधान दिवसको दिन फोरमले पनि ब्ल्याकआउट गर्ने

हिमाली संचार संवाददाता
६१५ पटक

सप्तरी – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ ले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्री सहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् ।

संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा पार्टीले विरोध प्रदर्शन गर्ने भएको हो ।

फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी छन् । संविधान दिवसका दिन फोरम नेपालले विरोधका कार्यक्रम समेत गर्ने भएको छ ।

दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय पार्टीले गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेसमा क्रियाशील अर्को पार्टी राजपाले पनि सोही समयमा ब्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

संविधान संशोधन गरी मधेशलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिवद्धता पूरा नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिवद्धता कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागु गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने निर्णय पार्टीको मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले गरेको यादवले विज्ञप्तिमा जनाएकी छन् ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...