News Portal

संविधान दिवसको दिन फोरमले पनि ब्ल्याकआउट गर्ने

हिमाली संचार संवाददाता
६९० पटक

सप्तरी – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ ले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्री सहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् ।

संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा पार्टीले विरोध प्रदर्शन गर्ने भएको हो ।

फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी छन् । संविधान दिवसका दिन फोरम नेपालले विरोधका कार्यक्रम समेत गर्ने भएको छ ।

दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय पार्टीले गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेसमा क्रियाशील अर्को पार्टी राजपाले पनि सोही समयमा ब्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

संविधान संशोधन गरी मधेशलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिवद्धता पूरा नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिवद्धता कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागु गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने निर्णय पार्टीको मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले गरेको यादवले विज्ञप्तिमा जनाएकी छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...