News Portal

निर्मलाहत्या प्रकरण : प्रहरीमाथि छानबिन गर्न डीअार्इजीको नेतृत्वमा शक्तिशाली समिति गठन

हिमाली संचार संवाददाता
८४० पटक

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।

यसअघि उजुरी छानविन शाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले छानविन गरिरहेको थियो । तर, पछिल्लो पटक थप ५ प्रहरी अधिकारी निलम्बनमा परेपछि डीआईजीकै नेतृत्वमा समिति बनेको हो । समितिमा एसएसपी निरजबहादुर शाही र सुवेदी पनि छन् ।

विज्ञहरु समेत रहेको यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको छानबिन गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।

निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लावरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । गृह मन्त्रालयका सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले समेत प्रहरीको लापरवाही भेटिएको प्रारम्भीक प्रतिवेदन बुझाएपछि डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी निलम्बनमा परेका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

निलम्बित डीएसपी जीसी सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख थिए भने सेटी कञ्चनपुर प्रहरीका तत्कालिन प्रवक्ता थिए । भट्ट वडा प्रहरी कार्यालय, महेन्द्रनगर र खड्का कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत थिए । त्यस्तै, असई धामी प्रहरी चौकी, सालघारीमा इञ्चार्ज थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...