News Portal

निर्मलाहत्या प्रकरण : प्रहरीमाथि छानबिन गर्न डीअार्इजीको नेतृत्वमा शक्तिशाली समिति गठन

हिमाली संचार संवाददाता
७४६ पटक

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।

यसअघि उजुरी छानविन शाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले छानविन गरिरहेको थियो । तर, पछिल्लो पटक थप ५ प्रहरी अधिकारी निलम्बनमा परेपछि डीआईजीकै नेतृत्वमा समिति बनेको हो । समितिमा एसएसपी निरजबहादुर शाही र सुवेदी पनि छन् ।

विज्ञहरु समेत रहेको यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको छानबिन गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।

निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लावरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । गृह मन्त्रालयका सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले समेत प्रहरीको लापरवाही भेटिएको प्रारम्भीक प्रतिवेदन बुझाएपछि डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी निलम्बनमा परेका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

निलम्बित डीएसपी जीसी सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख थिए भने सेटी कञ्चनपुर प्रहरीका तत्कालिन प्रवक्ता थिए । भट्ट वडा प्रहरी कार्यालय, महेन्द्रनगर र खड्का कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत थिए । त्यस्तै, असई धामी प्रहरी चौकी, सालघारीमा इञ्चार्ज थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...