News Portal

मेलम्ची सास्कृतिक कार्यक्रममा पुर्बकानुन मन्त्री तामाङको सन्देश

हिमाली संचार संवाददाता
८२५ पटक

लक्ष्मण रसाइली/काठमाडौँ – सामाजिक जन चेतनामुलक तिज विशेष बृहत सांस्कृतिक कार्यक्रम २०७५ सिन्धुलीपाल्चोकको मेलम्ची नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ।

वर्क फर नेपाल फाउन्डेशन ललितपुर ,अन्तरपाटी महिला सञ्जाल  मेलम्ची र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीपाल्चोकको संयुक्त आयोजनामा शुक्रबार भएको उक्त कार्यक्रममा  पूर्वकानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आथित्यता पूर्व सांसद दावा तामाङ,निमा लामाको बिशेष आथित्यतामा  शुक्रबार सम्पन्न भएको हो ।

मेलम्ची नगरपालिकाका प्रमुख, उप प्रमुख, नगरापालिकाका वडाहरुका वडाध्यक्ष्यहरु र अन्य थुप्रै व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन वर्क फर नेपालका सचिव नबिन खडका र गायक योगेस लामाले गरेका थिए भने अन्तर पार्टी महिला संजाल मेलम्ची नगरपालिका कि अध्यक्ष्य मुना ढकालको सभापतित्व रहेको थियो।

साथै उक्त जनचेतना मुलक  कार्यक्रममा वरिष्ठ सेलो गायक तथा नृत्य निर्देशक  प्रेम लोप्चन, गायिका ईन्दिरा गुरुङ, चर्चित हास्य कलाकार दिनेश काफ्ले, बुगी बुगीका चर्चित डान्सरहरु सरोज मुक्तान, रविन भुजेल, शृष्टि महर्जन, हास्य कलाकार  नेपाल आईडलका प्रतिस्पर्धी सन्ध्या बुढा -काउली बुढी,  लोकदोहोरी गायक भिसेन खतिवडा, लोकदोहोरी गायिका कल्पना दाहाल, गायिका रिता बुढाथोकी र सरिता थापा मगर लगायतका कलाकारहरुले  चेतना मुलक प्रस्तुती दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एबम   पूर्व कानुन मन्त्री  तामाङले यो देशका युवाहरुले यहि मुलुकमा काम गर्ने वातावरण सिर्जना  हुनु पर्ने आबश्यक भएको बताएका छन। र आफुले कानुनी क्षेत्रमा काम गर्दै जादा धेरै ठाउ बाट काम गर्न असहज भएपछी आफुले राजिनामा दिएको समेत उनले स्पस्ट पारे ।

कतिपय काम गर्ने मान्छेहरुलाई काम गर्ने खालको वातावरण  सिर्जना नभएका कारण बाधा भईरहेको बताउँदै उनले  भने, ‘हामी जस्ता काम गर्ने मान्छेहरुलाई यो मुलुकमा कहि न कहिँ अप्ठ्यारा सिर्जनाहरु हुँदो रहेछन।’ ‘कानुनी क्षेत्रमा भएका कतिपय कानुनी व्यवस्थाहरुको कारणले हुने ठूलठूला भ्रष्टाचारहरुलाई अन्त्य गर्न सकिन्छ, ‘ठूलठूला भ्रष्टाचारहरु लाख करोडको होईन,अर्बौं अर्बौंको भ्रष्टाचार गरेर मोटाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ,ती भ्रष्टाचारीहरुलाई समाजमा नाङ्गेझार पारेर बाहिर ल्याउनुपर्छ, उनले भने ।

धेरै जस्तो खाडि तथा प्रबाश का क्षेत्रमा सिन्धुपाल्चोकका युवती नै धेरै बेचिएको र यस्ता बेचबिखनमा ठुलै दलालहरु को समूह भएको र त्यस्ता दलाललाई कानुनको दायरामा  ल्याउन जरुरी रहेको समेत बताए ।

चेलीबेटी बेचबिखन बैदेशिक रोजगारका ठगीका समस्या निकै बढदै गएको र यसमा समबन्धित निकायहरुले ध्यान दिन आबश्यक रहेको पनि बताएका छन ।

सोहि कार्यक्रममा बोल्दै  अधिबक्ता मनिष श्रेष्ठले पनि घुसखोर दलालहरुलाई कानुनी सहायताले नै उनीहरुको पर्दाफास र कानुनको घेरामा ल्याउन जरुरी रहेको र आफुहरुले पिडित हरुलाई सहायता दिइरहेको बताएका छन् । र ठगी गर्ने बिरुद्दका नियम कानुन सम्बन्धि कानुनी ब्यबस्था समेत उपस्थित भएका दर्शकमा  स्पस्ट हुने गरी प्रस्ट्याए ।

र सोहि जनचेतना मुलक धमाका कार्यक्रममा स्वागत मनतब्य राख्दै वर्क फर नेपालका सह सचिब एबम सामाजिक अभियन्ता किशोर सुनुवारले चेतना मुल संदेश दिएका छन् ।

“घुसखोर दलाल,भ्रस्टाचारीकोहरुको ठुलो समूह अनि एकता हुन्छ ,त्यसरी नै यो देशका हामि सच्चा र सभ्य व्यक्तिहरुको पनि एकता अनि साथ् भयो भने त्यस्ता दलाहरुलाई सजिलै पर्दाफास र कानुनी दायरामा ल्याउन सकिन्छ “उनले भने , र अनेकता मा एकताको आबश्यक रहेको पनि उनले थपे ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...