News Portal

सियोना श्रेष्ठको उपचारका लागि कुवेतका नेपाली महिलाहरुले गरे देउसीभैलो खेलेर आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
७३१ पटक

नैनकला राई -कुवेत कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

कोरोना महामारीको समयमा पनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर देउसीभैलो खेली संकलन गरिएको साहयोगार्थ रकम कुवेती दिनार १सय ६ दिनार ७५० फिल्स (नेपाली रुपैया ४० हजार ४ सय ५८ रुपैयाँ) बिरामी १३ महिने बालिको सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, खातामा जम्मा गरिएको छ।

सहयोगी भावना बोकेकी सिर्जना सुनार लगाएत साथीहरुले सियोनाको बचाउका लागि सानै भएपनि सहयोग गरेर पर्खालमा इटा थप्न सफल पारिदिनु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेकी छिन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...