आज : २०२६-०६-०८, सोमबार

गजल – प्रथा

छिमेकी लालची भएपछि दानीको कुरा के गर्नु
काकाकुल देशमा बसेसी पानीको कुरा के गर्नु !

नौ लाख तारा आकाशैमा धर्तीको धुलो हातैमा
झुपडीमा जिन्दगी बितेसी रानीको कुरा के गर्नु !

करूणा र प्रेम कहाँ छन् ह्रदय ढुङ्गाझैँ किन भो
कपटले सारा मन निलेसी बानीको कुरा के गर्नु !

आफूले आफैँलाई भुलेर हिंसामै रमायो संसार
पाखुरीले तरवार बोकेसी आनीको कुरा के गर्नु !

अनुहार पोत्यो मान्छेले विचारको जुहार छोडेर
भिल्लाको गाउँमा पुगेसी खानीको कुरा के गर्नु !

धृष्टता नगर बारम्बार जीवनको बाटो बदलिन्न
नियोजन चक्की खाएसी नानीको कुरा के गर्नु !

प्रथा