News Portal

सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

संवाददाता
७०३ पटक

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ ।

क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको प्रयोग पाइएका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँदै जनचेतनाका कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको जानकारी दिए ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कँडरियाले सरकारले सूर्तीजन्य पदार्थको उत्पादनलाई न्यूनीकरण गरी यस्ता वस्तुको प्रयोगमा रोकथाम गर्न देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

माछापुच्छ बैंक लिमिटेड, सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि आफ्नो संस्थाले क्यान्सर काउन्सिलसँग सहकार्य गरी राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षक गगनसिंह ऐरले सूर्तीजन्य पदार्थ रोकथामका लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकलाई त्यसबाट उत्पन्न हुने विभिन्न रोगबारे जानकारी गराउनुपर्ने औंल्याए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...