News Portal

सावाकटहरे वडा कार्यालयमा काङ्ग्रेसको तालाबन्दी

हिमालीसंचार संवाददाता
१५५० पटक

खोटाङ – नेपाली काङ्ग्रेस सावाकटहरे वडा समितिका सभापति जेफर राईको नेतृत्वमा सयौंको संख्यामा गएको स्थानीयवासीको उपस्थितिमा आज खोटेेहाङ् गाउँपालिका वडा नं.३ सावाकटहरेको वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

२०७७ असोज २२ गते सावाकटहरेका वडाध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको वडाको बैठकले स्थानीय निर्मला राईलाई जंगेशैलीमा नियुक्ति गरेको भन्दै २०७७ असोज ३० गते स्थानीय काङ्ग्रेसले ३ दिने अल्टिमेटम दिंदै ज्ञापनपत्र बुझाएको कुरा पार्टी सचिव सुरज राईले बताउनुभयो।

नेपालको संविधान र स्थानीय सरकारको कार्यविधिलाई ठाडो उलंघन गर्दै निरंकुश ढंगबाट नियुक्ति गरिनु गणतन्त्रात्मक संघीय शासन पद्धतिलाई ठाडो चुनौती दिंदै सावाकटहरेवासी शिक्षित युवायुवती र नागरिकको हक अधिकारीलाई समेत कुण्ठित गरिएको छ।

कर्मचारी नियुक्ति गर्दा सामान्यतया १५ दिने सूचना निकाली प्रक्रियामा जानुपर्ने कानुनी मान्यता रहेको छ तर राजनीतिक आग्रह पूर्वाग्रह र नातावाद कृपावादमा लिप्त भई गैह्रजिम्मेवार ढंगबाट कानुन हातमा लिनेकाम गरिएकोले पुर्व सूचित गरेर तालाबन्दी गरिएको स्थानीय काङ्ग्रेस नेता विनोद खड्काले बताउनुभयो।

नेपाली काङ्ग्रेसले सहायक कर्मचारी नियुक्ति गर्ने वडाको निर्णय प्रति असहमति जनाउँदै ३० गते ज्ञापनपत्र र कार्तिक ३ गते वडाध्यक्ष नेपाली काङ्ग्रेस र स्थानीय सावाकटहरेवासीसँग भएको छलफलमा कार्तिक २१ गतेसम्म निकास निकाल्ने समय माग गर्नुभएको थियोे तर उक्त अवधिसम्म निकास न निक्लेको हुँदा जनताको हक अधिकारका लागि नेपाली काङ्ग्रेसले वाध्यतावस तालाबन्दी गरेको पार्टीका पालिका सचिव हरि खड्का बताउनुहुन्छ।

नेपालको संविधान र स्थानीय सरकारले जारी गरेको स्थानीय राजपत्र सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ को मर्म र भावना विपरीत कर्मचारी नियुक्ति गरिएको विषयमा स्थायी सरकार कर्मचारीका अविभावक प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेललाई समन्वय गरि गलत ढंगबाट गरिएको नियुक्ति खारेज गराउन पहलकदमीका लागि आफुले पटकपटक आग्रह गर्दा उहाँबाट पनि निकासका लागि कुनै सूचना नआएकोले तालाबन्दी गरिएको नेपाली काङ्ग्रेसकम क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताउनुभयो।

स्थायी सरकारका जिम्मेवार व्यक्तिसमेत निष्पक्ष र तटस्थ नबसी वर्तमान सरकारको छाँयामा परेको आशंका गर्दै यस्तो प्रवृत्ति र गतिविधिलाई काङ्ग्रेसले टुलुटुलु हेरेर नबस्ने क्षेत्रीय सभापति भट्टराईले बताउनुभयो।

यसैगरी, उक्त गैरसंवैधानिक कार्य नसच्याएसम्म तालाबन्दीको आन्दोलनलाई निरन्तरता दिंदै अन्य चरणबद्ध आन्दोलन कार्यक्रम ल्याउने कुरा सभापति जेफर राईले वडा कार्यालयमा गरिएको तालाबन्दीबाट जनतालाई परेको असुविधाप्रति नेपाली काङ्ग्रेस क्षमाप्रार्थी रहेको सभापति राईले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...